३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सीमामा गोली लागेर गोर्खा सैनिकको मृत्यु



अ+ अ-

एजेन्सी । सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गरेको छ । काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो । यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् । 

‘पाकिस्तानले दुई राउन्ड ६०÷८२ एमएम मोर्टार फायर ग¥यो, यो गुरुङ बसेको बन्कर नजिक आइपुग्यो  । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’

त्यसैगरी ८ जुलाईमा पुन्चमा भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएकी एक जेष्ठ महिलाको पनि शुक्रबार निधन भएको छ । हाकाम बाई नाम गरेकी यी महिलाको निधन जीएमसी जम्मु अस्पतालमा भएको हो, यहाँ विशेष उपचारका लागि उनलाई भर्ना गरिएको थियो ।  प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ । यससँगै ८ जुलाईको दोहोरो भिडन्तमा परेर ज्यान गुमाउने सर्वसाधारण महिलाको संख्या दुई पुगेको छ । एकजनाको यसअघि नै मृत्यु भएको थियो ।