१० आश्विन २०८१, बिहीबार
,
Latest
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र चीनका उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्बीच भेटवार्ता जलबायू परिर्वतनले उत्पादकत्वमा ह्रास आएको छ: वन मन्त्री शाही १५९ अधिवक्तालाई ‘वरिष्ठ अधिवक्ता’को उपाधि – सूची सहित बिआरआईबारे सञ्चारमन्त्री गुरुङ र चिनियाँ राजदूत सोङले यसो भने सप्तकोसीमा खसेको बसमा सवार १७ जनाको उद्धार ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार प्रचण्डले बिद्यार्थीलाई भन्नुभयो- तपाईंहरू सडकको बाघ म चाहिँ प्रतिनिधिसभाको सिंह कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की पहिरोमा ज्यान गुमाउनेको परिवारलाई रु १ लाख राहत र घाइतेलाई निशुल्क उपचार



अ+ अ-

पोखरा । कास्कीको पहिरोमा परी ज्यान गुमाउनेको परिवारलाई १ लाख रुपैयाँ राहत र घाइतेलाई निशुल्क उपचार गरिने भएको छ । जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘मृतकका परिवारलाई प्रति मृतक १ लाखको दरले तत्काल राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरेका छौं’ समितिको निर्णयमा भनिएको छ । समितिले अन्य सरकारी मापदण्डका राहत पनि उपलब्ध गराउने निर्णय गरेको छ ।

कास्कीमा बिहीबारदेखि परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा ७ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेहरुको पोखराकै मणिपाल अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।