२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुरोट र रक्सीमा कर नबढाउन काँग्रेस सांसद मिश्रको माग



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणदत्त मिश्रले आगामी आर्थिक वर्षको बजेटमा चुरोट र रक्सीमा कर नबढाउन अर्थमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उहाँले चुरोट र रक्सीमा कर बढ्ने चाल पाएपछि उत्पादन बढाएर नयाँ गोदामभित्र सामान भरेर बजारमा अभाव देखाउने व्यापारीको दम्भ अन्त्यका लागि पनि कर बढाउनु उपयुक्त नहुने बताउनु भयो । उहाँले विगतलाई हेर्ने हो भने साँठगाँठमा भन्सारमा हुने चुहावट रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । अहिले नेपालमा विचौलियाको कुरा धेरै चलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट आउँदैछ । बजेटमा करका दर बढाउनु भनेको चलखेल पनि हो । तसथ करको दर बढ्ने चाल पाएपछि वा चाल दिएपछि उत्पादन बढाएर नयाँ नयाँ गोदामभित्र आफ्ना सामान भरेर राख्ने व्यापारीहरु छन् । तसर्थ मेरो दुई हात जोडेर बिन्ति छ कमसेकम यसपटक चुरोट र रक्सीमा कर नबढाउनुस् । अनि हेरौं व्यापारीको दम्भ । भन्सारको मात्र कुरा गर्ने हो भने ५० प्रतिशतको मात्र भन्सार असुली हुने साथै ठूलो साँठगाँठमा फरक बाटो प्रयोग गरी सामान भित्रिन्छ । रोक्ने परको कुरा रोक्नमा सरकारको ध्यान जाओस् । हामी संसदमा पक्षमा हुँदा बजेटमा तालि बजाउँछौं । विपक्षीमा हुँदा कमा र फुलस्टप समेत चेन्ज नगरेको कस्तो बजेट हो यो भन्छौं । नेपालमा विचौलियाको कुरा धेरै हुन्छ हरेक ठाउँमा काम गर्ने मान्छेहरु चाहिन्छ । त्यसैले हामीकहाँ नयाँ नयाँ लोकतन्त्र भएर हो वा कुरा गर्न नपाएर हो या सञ्चार क्षेत्रले अरु कुरा गर्ने समय नभएर हो विचौलियाकै कुरा धेरै भइरहेको छ ।’

उहाँले संसदमा पक्षमा हुँदा सरकारले जे गरेपनि तालि बजनाउने र विपक्षमा हुँदा विरोधमात्र गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।