१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
अ अ+ अ-

काठमाडौं । प्रहरीले अनुमति नदिए पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै युवाहरूको नेतृत्वमा रहेको ‘कक्रोच’ आन्दोलनका हजारौँ समर्थक सोमबार संसद् भवनतर्फ मार्च गर्ने उद्देश्यले नयाँदिल्लीमा भेला भएका छन् ।

राजधानीको जन्तरमन्तर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने संसद् आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनकारीहरूले अघि बढ्ने प्रयास गरे झडप हुन सक्ने भन्दै प्रहरीले उनीहरूलाई लाउडस्पीकरमार्फत तितरबितर हुन आग्रह गरेको छ ।

प्रदर्शनमा विद्यार्थी, विभिन्न पेशाका व्यक्तिहरू तथा परिवारसहितका सर्वसाधारण सहभागी भएका छन् । उनीहरूले भारतीय झण्डा बोकेर शिक्षामन्त्री प्रधान र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् । ‘कक्रोच जनता पार्टी’ नामबाट परिचित यो आन्दोलन मे महिनामा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले एक फरक मुद्दाको सुनुवाइका क्रममा केही बेरोजगार युवालाई ‘कक्रोच’ (साङ्ला) सँग तुलना गरेपछि सुरु भएको हो ।

प्रदर्शनकारीहरूले उक्त टिप्पणीलाई व्यङ्ग्यात्मक रूपमा आत्मसात गर्दै सामाजिक सञ्जालमार्फत आन्दोलनलाई व्यापक बनाएका हुन् । मेडिकल कलेज र सरकारी सेवाका प्रवेश परीक्षाको प्रश्नपत्र पटक–पटक चुहिएको घटनापछि बढेको असन्तुष्टिले आन्दोलनलाई थप बल दिएको हो ।

शनिबार अनशनरत अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल लगेको घटनापछि आन्दोलनले अझ व्यापक समर्थन पाएको छ । प्रदर्शनकारीहरू विगत एक महिनादेखि जन्तरमन्तरमा धर्ना दिँदै आएका छन् ।

उनीहरूले शिक्षामन्त्रीको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहिएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

वाङचुकले सरकारले शिक्षा प्रणालीको सुधारका लागि ठोस प्रतिबद्धता जनाए वा प्रदर्शनकारीलाई संसद्सम्म पुग्न दिएर सांसदहरूले यी मुद्दा संसद्मा उठाउने सुनिश्चित गरेमा मात्र आफ्नो करिब तीन सातादेखिको अनशन अन्त्य गर्ने बताउनुभएको छ ।

दिल्ली प्रहरीले भने संसद्को मनसुन अधिवेशन सुरु भएकाले सुरक्षा कारण देखाउँदै मार्चको अनुमति नदिइएको जनाएको छ । प्रधानमन्त्री मोदी नेतृत्वको सरकारका लागि यो आन्दोलन सार्वजनिक रूपमा देखिएको दुर्लभ चुनौती बनेको छ । विपक्षी दल, नागरिक अधिकारकर्मी तथा केही बलिउड कलाकारहरूले पनि आन्दोलनप्रति समर्थन जनाएका छन् ।

यद्यपि सरकारका वरिष्ठ मन्त्रीहरूले आन्दोलनप्रति कडा धारणा अपनाएका छन् । शिक्षामन्त्री प्रधानले प्रदर्शनकारीमाथि राष्ट्रविरोधी गतिविधिमा सङ्लग्न भएको आरोप लगाउनुभएको छ भने अन्य मन्त्रीहरूले विद्यार्थीहरूको चिन्ता जायज भए पनि आन्दोलनसँग वार्ताको आवश्यकता नरहेको बताएका छन् ।

प्रदर्शनमा सहभागी योग प्रशिक्षक ज्योति राजपुतले शिक्षा प्रणालीमा सुधारका लागि आन्दोलनमा सहभागी भएको बताउँदै सरकार विद्यार्थीहरूको पीडाप्रति संवेदनशील नभएको आरोप लगाउनुभयो ।