१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो
अ अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण सोमबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक महिनायताकै उच्च विन्दुमा पुगेको छ ।

यसैबीच, मध्यपूर्व युद्धको सम्भावित प्रभावको मूल्याङ्कन गरिरहेका लगानीकर्ताका कारण एसियाली शेयर बजारमा मिश्रित कारोबार भएको छ । गत सातादेखि अमेरिका र इरानबीचको सैन्य टकराव चर्किएसँगै विश्वको समुद्री तेल आपूर्तिको करिब पाँचौँ भाग ओसारपसार हुने हर्मुज जलसन्धिमा अवरोध आउन सक्ने चिन्ताले कच्चा तेलको मूल्य बढाएको हो ।

अन्तरराष्ट्रिय मापदण्ड ब्रेन्ट कच्चा तेल र अमेरिकी मापदण्ड वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) दुवैको मूल्य गत साताको अन्त्यमा चार प्रतिशतभन्दा बढीले बढेको थियो । सोमबार ब्रेन्टको मूल्य प्रतिब्यारेल ९१ अमेरिकी डलर नाघ्दै जुन ११ यताकै उच्च विन्दुमा पुगेको छ ।

यो वृद्धि अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा थप हवाई आक्रमण गरेपछि तथा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी तथा साझेदार राष्ट्रका सैन्य सम्पत्तिमाथि जवाफी आक्रमण गरेपछि भएको हो । बजारमा बढ्दो भू–राजनीतिक तनावसँगै लगानीकर्ताहरू आर्थिक दृष्टिकोणबारे अन्योलमा छन् । उच्च तेल मूल्यले मुद्रास्फीति फेरि बढ्न सक्ने र केन्द्रीय बैङ्कहरूको ब्याजदर कटौतीको योजनामा असर पर्न सक्ने चिन्ता बढाएको छ ।

एसपीआई एसेट म्यानेजमेन्टका विश्लेषक स्टिफन इनेसले भन्नुभयो, “बजारले एकैपटक दुई विपरीत अवस्थाको सामना गरिरहेको छ । एकातिर भू–राजनीतिक जोखिमले तेलको मूल्य बढाइरहेको छ भने अर्कोतर्फ अमेरिकी मुद्रास्फीति घट्दै गएको र श्रम बजार नरम बन्दै गएकाले व्यापक मुद्रास्फीतिको नयाँ चक्र सुरु हुने सम्भावना कम देखिन्छ ।”

उहाँका अनुसार तेलको मूल्य लामो समयसम्म उच्च रहेमा त्यसले घरायसी खर्च घटाउन र आर्थिक वृद्धिमा दबाब सिर्जना गर्न सक्छ । एसियाली शेयर बजारमा सोमबार मिश्रित कारोबार भयो । चीनले अर्थतन्त्रलाई थप प्रोत्साहन दिन नयाँ उपाय सार्वजनिक गर्ने अपेक्षाले हङकङ र साङ्घाईका बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

हङकङको सूचकाङ्क दुई प्रतिशतभन्दा बढी र साङ्घाईको सूचकाङ्क एक दशमलव ३२ प्रतिशतले उकालो लागेको छ । ताइपेई, मनिला र सिङ्गापुरका बजार पनि बढेका छन् । यता सियोल, सिड्नी र वेलिङ्टनका बजारमा भने सावधानीपूर्ण कारोबार देखिएको छ ।

गत शुक्रबार वाल स्ट्रिटका तीनवटै प्रमुख सूचकाङ्क गिरावटमा बन्द भएपछि लगानीकर्ताहरू अझ सतर्क बनेका छन् । यसैबीच, भू–राजनीतिक तनावका बाबजुद अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य शून्य दशमलव ४० प्रतिशतले घटेको छ भने चाँदीको मूल्य एक प्रतिशतले बढेको छ । रासस