८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा

एनआरएन कविता प्रतियोगिताको पुरस्कार घोषणा
अ+ अ-

काठमाडौँ:  गैरआवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूबीच आयोजना गरेको ‘के म नेपाली हैन र ?’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ ।

जेठ ४ मा ‘भर्चुअल’ रुपमा सम्पन्न उत्कृष्ट बाह्रौँ स्थानसम्मका कविहरू सम्मिलित कविता वाचन कार्यक्रममा नतिजा घोषणा गरिएको थियो । नतिजाअनुसार हाल अमेरिकाको नर्थ क्यारोलिना अमेरिकामा बस्नुहुने सुबोध पौडेल प्रथम हुनुभएको छ ।

यसैगरी, बाँके खजुराका जीवराज बम दोस्रो, स्याङ्जाका लोकहरि पाण्डेय तेस्रो हुनुभएको आयोजक समितिले जनाएको छ । समितिका अनुसार प्रथम हुनेले ६०० अमेरिकी डलर, द्वितीय हुनेले ४०० डलर र तृतीय हुनेले ३०० डलर प्राप्त गरेका छन् ।

यसैगरी, पोखराका संयोग बस्याल, इलामका (हाल कतारमा रहनुभएका) युगलमणि ढकाल, इलामकै विभूति अधिकारी, नवलपरासी (हालनर्वे) मा रहनुभएका राजेश सापकोटाले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ ।

भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सञ्चालित उक्त कवि गोष्ठीमा दश जना कवि उत्तमराज भेटवाल, जीवराज बम, मधुसूदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभूति अधिकारी, सुबोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटा सहभागी हुनुभएको थियो ।

कविगोष्ठीका लागि कुल १३८ कविता प्राप्त भएको आयोजक समितिका सदस्य डा अजित घिमिरेले जानकारी दिनुभयो । प्रा जगतप्रसाद उपाध्याय, डा मुकुन्द वाग्ले पथिक र प्रभा भट्टराईले कविता मूल्याङ्कन गर्नुभएको थियो ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा अर्जुन बन्जाडेले परदेशमा गैरआवासीय नेपालीहरू नेपालकै भलो र हितमा प्रतिबद्ध मात्र छैनन्, नेपालको नक्सा छातीमा टाँसेर हिँडेका छन् भन्नुभयो ।