५ पुष २०८२, शनिबार
,
Latest
जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनामाथि छलफल



अ+ अ-

काठमाडौं । नेपाल–ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डल ब्राजिलको भ्रमण गरेको छ ।

प्रतिनिधिमण्डलले ब्राजिलको Confederation of National Industry (CNI) का अधिकारीहरूसँग भेट गरी आपसी चासो र व्यापारिक अवसरहरूबारे छलफल गरेका छन् । उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउदै नेपाली व्यवसायी ब्राजिलका लगानी कर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताउनु भयो ।

ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरूबारे जानकारी गराउनु भएको थियो ।

CNI अध्यक्ष फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई हार्दिक स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिवद्धता जनाउनु भयो । दुबै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाएका छन्।

यसै क्रममा, नेपाली प्रतिनिधिमण्डलले ब्राजिलकोConfederation of Commercial and Business Associations (CACB) को भ्रमण पनि गरेको छ। CACB का सुपरिन्टेन्डेन्ट श्री कार्लोस रेजेन्डे र संस्थागत सल्लाहकार सुश्री मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए।

ब्राजिलको परराष्ट्र मन्त्रालयका Minister-Counsellor अल्मिर नसिमेन्तो पनि उक्त भेटमा उपस्थित थिए।