१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई बालेनको कटाक्ष: माफ गर्नुहोस् म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन !



अ+ अ-

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउन आयोजित बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह नआएपछि प्रधानमन्त्री केपी शर्मा  ओलीले उहाँ माथी प्रश्न उठाउनु भएको थियो ।

मूल आयोजक समितिका पदेन सदस्य रहने काठमाडौंका मेयरको अनुपस्थितिलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टि जनाएको खबर सार्बजनिक भएपछि मेयर साहले सामाजिक संञ्जाल मार्फत प्रधानमन्त्री माथी कटाक्ष गर्नुभएको हो ।

मेयर साहले सामाजिक संञ्जालमा लेख्नु भएको छ-

जुन देशमा राजधानीको मेयरले भ्रस्टचार रोक्छु भन्दा ,

देशको सवै पार्टीको सबै लागेर भ्रस्टचारी जोगाउछु भन्छ ?

त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?

माफ गर्नुहोस् केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई समर्थन गर्दिन।

समितिको बैठकमा प्रधानमन्त्री ओलीले बालेनको नाम नलिइकन लगातार अनुपस्थिति हुनेहरुलाई बोलाइरनु पर्ने कि नपर्ने भनेर प्रश्न गर्दे अर्कोपटकदेखि राम्ररी सोधेर आउने भएमात्र नाम राख्न निर्देशन दिनु भएको थियो।