८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता

इन्डोनेसियाको पूर्वी क्षेत्रमा रहेको सुन खानीमा पहिरो जाँदा छ जनाको मृत्यु, १४ बेपत्ता
अ+ अ-

एजेन्सी । इन्डोनेसियाको सुदूर पूर्वी क्षेत्रमा रहेको एक सुनखानी नजिकै आएको बाढी र पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी बेपत्ता भएका छन् ।उद्धारकर्मीले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् ।

स्थानीय खोज तथा उद्धार निकायका प्रमुख येफ्री सबरुद्दिनले शुक्रबार राति पश्चिम पपुवा प्रान्तमा घण्टौँको भारी वर्षाका कारण पहिरो र बाढी आएको बताउनुभयो ।

“उपलब्ध पछिल्लो तथ्याङ्क अनुसार छ जनाको मृत्यु भएको छ भने १४ जना वेपत्ता भएका छन् । वेपत्ता उनीहरूको खोजी भइरहेको छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीको पानी खनिकहरूले प्रयोग गर्ने शिविरमा पसेको हो ।

“स्थानीय समयअनुसार राति ९ः०० बजेतिर माथिबाट आएको बाढीको पानीले परम्परागत सुन खानीमा काम गर्नेहरूको अस्थायी आवास क्षेत्रमा क्षति पु¥यायो र उनीहरूका टेन्ट र उपकरणहरू बगायो,” मुहारीले एक विज्ञप्तिमा भन्नुभएको छ ।

खनिज–समृद्ध दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेशियामा इजाजतपत्र बिनाका खानीहरू सामान्य छन्, जहाँ परित्यक्त साइटहरूले स्थानीयहरूलाई आकर्षित गर्दछ जसले उचित सुरक्षा उपकरणबिना खानीमा बचेको सुन र अयस्कको खोजी गर्छन्।

खानीको कानुनी अवस्थाको बारेमा कुनै आधिकारिक सङ्केत दिइएको छैन, जबकि येफरीले उद्धारकर्ताहरूको ध्यान पीडितहरूलाई उद्धार गर्नमा केन्द्रित रहेको बताए।

प्रहरी, सैनिक र सर्वसाधारणलाई घटनास्थल पुग्न दुई घण्टासम्म समय लागेको र पैदल यात्रा समेत एक घण्टा लाग्ने गरेको येफरीले बताउनुभयो ।

“त्यहाँको अवस्था अत्यन्तै विकराल छ किनभने केही सडकहरू क्षतिग्रस्त भएका छन् । त्यसैले सवारी साधनले यो क्षेत्र पार गर्दा सावधानी अपनाउनुपर्छ,” उहाँले भन्नुभयो ।

इन्डोनेसियामा विशेषगरी नोभेम्बरदेखि अप्रिलको बीचमा पहिरो जाने सम्भावना हुन्छ ।

गत सेप्टेम्बरमा पश्चिम सुमात्रामा रहेको अवैध सुन खानीमा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।

इन्डोनेसियाको सुलावेसी टापुमा गत बर्षको जुलाइमा गएको पहिरोमा परी त्यहाँ रहेको अवैध सुनखानी नजिकै कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।