९ असार २०८२, सोमबार
,
Latest
भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन अमला रोका रिहालगत्तै पक्राउ विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छः मन्त्री चौधरी अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’ सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी पप गायक तातालुलाई मृत्युदण्डको सजाय



अ+ अ-

 इरान। इरानको सर्वोच्च अदालतले तातालु भनिने पप गायक अमिर हुसेन मघसौडलुलाई अल्लाहलाई निन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ।

सन् २०२३ को डिसेम्बरमा टर्कीबाट सुपुर्दगी गरिएका तातालुलाई सुरुमा तेहरानको फौजदारी अदालतले मुस्लिम धर्म र यसका पवर्तकको निन्दा गरेको आरोपमा पाँच वर्षको जेल सजाय सुनाएको थियो।

सर्वोच्च अदालतले त्यो फैसलालाई उल्टाउँदै मुद्दालाई अर्को अदालतमा पठाएको थियो र त्यहाँबाट उनलाई मृत्युदण्डको सजाय सुनाइएको हो। ‘यो फैसला अब पुष्टि भएको छ र कार्यान्वयनका लागि तयारी भइरहेको छ,’ न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले भने, ‘पप गायक तातालुका वकिलले पुन सुनुवाई र क्षमादानका लागि दुई अनुरोधहरू दायर गरेका छन् यो हाल पुनरावलोकनको क्रममा छ।’

जहाँगीरले पहिलोपटक जनवरीमा मृत्युदण्डको घोषणा गरे पनि फैसला अन्तिम नभएको उल्लेख गरेका थिए। इरानी गायकलाई ‘भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको’ र इस्लामिक गणतन्त्रविरुद्ध ‘प्रोपोगान्डा’ फैलाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको थियो। उनी अहिले उक्त सजाय भुक्तान गरिरहेका छन्।

तातालुलाई स्वर्गीय राष्ट्रपति इब्राहिम राइसीलगायत रूढिवादी राजनीतिज्ञहरूको सहयोग रहेको थियो। सन् २०१५ मा उनले आणविक सम्झौताको समर्थनमा एउटा गीत सार्वजनिक गरेका थिए, जसलाई उदारवादी हसन रुहानीको शासनकालमा सरकारी सञ्चारमाध्यमले प्रचार गरेका थिए।

पक्राउ र सुपुर्दगी गर्नुअघि सन् २०१८ देखि तातालु इस्तानबुलमा बस्दै आएका थिए।–रासस/एएफपी