८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

हिमाली क्षेत्रको जोखिम बढ्दो, तथ्यांक अभिलेखीकरणमा जोड दिनुपर्नेमा विज्ञहरुको जोड

हिमाली क्षेत्रको जोखिम बढ्दो, तथ्यांक अभिलेखीकरणमा जोड दिनुपर्नेमा विज्ञहरुको जोड
अ+ अ-

काठमाडौं: विज्ञहरुले हिमाली क्षेत्रमा जोखिम तिब्र गतिमा (इन्टेन्सिटी) बढिरहेको भन्दै सुक्ष्म निगरानीका संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा जारी सगरमाथा संवादमा विज्ञहरुले हिमाली क्षेत्रमा जलवायुजन्य घटनाको तिब्रतासँगै प्रकृति पनि फरक—फरक देखिन थालेको भन्दै निगरानीलाई दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् । माथिल्लो तटिय क्षेत्रमा देखिएको एउटा समस्याले अर्को समस्यालाई निम्त्याउने खालका घटनाले क्षेत्रको जोखिम व्यवस्थापनमा चुनौति थपेको उनीहरुको तर्क छ ।

हिमाली क्षेत्रमा काम गर्दे आएको इसिमोडका जलवायु तथा वातावरण जोखिम विज्ञ डाक्टर अरुणभक्त श्रेष्ठले जलवायुजन्य घटनाको दर बढ्दै गइरहेका बेला हिमाली क्षेत्रमा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले फण्ड फर रेस्पोडिङ लस एण्ड ड्यामेजमाथि पहुँच बिस्तारका लागि हिमाली क्षेत्रको तथ्यांक अभिलेखीकरणमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘हिमाली क्षेत्रमा जोखिमको इन्टेन्सीटी बढ्दो रुपमा छ । फ्रिक्वन्सी पनि बढ्दो छ । त्यसको चरित्र पनि परिवर्तन भएर अलि उच्च हिमाली भेग बाटै उद्गम हुने जोखिमहरु बढीरहेको र त्यसले तल्लो भागमा अन्य जोखिमहरु पनि श्रृजना गरेको अवस्था छ । एउटा ट्रिगरले अन्य हाजाडलाई श्रृंखलावद्ध लगेको पाइएको छ । संरचना लगायत समेत गरी समग्रमा जोखिम बढिरहेको पाएका छौँ । हरितगृह ग्यास न्युनिकरण र प्रभावलाई न्युनिकरण गर्ने हो । उत्थानशिलता बढाउने र एडप्टेसन रिजिलेन्स भयो भने मात्रै पनि पुग्दैन । अनुकुलन र न्यूनीकरणका पनि सिमा हुन्छन् । त्यसैले विभिन्न किसिमका हानी नोक्शानी हुने भएकाले त्यसलाई छुट्टै हेर्नुपर्ने हुन्छ । आफ्नै कोष हुुुनुपर्छ भन्ने मान्यताले यो अघि बढेको हो ।
विश्वस्तरको कोषको उपलब्धता साह्रै न्युन छ । कोषमा हुनुपर्ने योगदान पनि कम छ । यसको प्राविधिक पक्ष पनि स्पष्ट आइसकेको छैन । त्यसैले आगामी दिनमा हामी जस्तो जोखिममा रहेका देशहरुले एकवद्ध भएर हाम्रोे मुद्दा अगाडी लैजानुपर्छ । कोषको उपलब्धतामा नै न्युनता छ । यो नै सबै भन्दा ठूलो सीमा हो । मुद्दालाई जलवायु न्यायको दृष्टिकोणबाट लैजानुपर्छ । तर यो लामो यात्रा हो ।’

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका जलवायु परिवर्तन तथा उत्थानशिल विज्ञ दीपक केसीले हानी, नोक्शानी एफआरएलडिका कोषमाथिको पहुँच बिस्तार गर्न आन्तरक तयारी र तथ्यांक संकलनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । लस एण्ड ड्यामेज सत्रमा बोल्दै फण्ड फर रेस्पोडिङ लस एण्ड ड्यामेजका कार्यकारी निर्देशकले पनि विषयवस्तुमा धेरै अलमल हुनुभन्दा केसहरु बनाएर अघि बढ्न नेपाललाई सुझाव दिएको उल्लेख गर्दै तथ्यांक अभिलेखीकरणमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले तेस्रो एनडिसीमा लस एण्ड ड्यामेजको विषयलाई छुट्टै च्याप्टर राखेर अघि बढाउनुले सरकारले छुट्टै पहिचान दिएको भन्ने बुझिने बताउनु भयो । यसले लस एण्ड ड्यामेज फण्ड माथि पहुँच बढाउने सवालमा हाम्रो आवश्यतालाई पुष्टि गर्ने पनि उहाँको तर्क थियो । 

उहाँले भन्नुभयो ‘हामी इनोभेटिभ हुनुपर्छ । एफआरएलडिको फण्डमा पहुँच बिस्तार र अरु फण्डसँग जोडर अघि बढ्ने सवालमा काम गर्नुपर्छ । साथै फण्ड ल्याउन र कार्यान्वय गर्नसक्ने अन्य सहयोगी पार्टनरको पनि खोजी गर्नुपर्ने र त्यसको नेतृत्व देशले नै लिनुपर्ने हुन्छ । तर नेपालसँग केही सिमितताहरुलाई उहाँले पनि चुनौतिको रुपमा लिनुभयो । जलवायुका कारणले भएको घटना हो भन्न सक्ने तथ्यांकहरु हामीसंग छैन ।’

कार्यक्रममा हिमाली क्षेत्रमा देखिएको जलवायु जन्य विपद्का घटनाको जोखिम सम्बन्धमा जलवायु अभियन्ता पूर्णिमा श्रेष्ठले सोलुखुम्बुको दिङ्बोचेको भिडियो सामाग्री पनि देखाइएको थियो । उहाँ लामो समयदेखि आधारशिविरमा बसेर घटना अध्ययन गरिरहनुभएको छ ।

यसैगरी सगरमाथा संवादका क्रममा अभियन्ता श्रेष्ठले सगरमाथा क्षेत्रको दिङ्बोचे गाउँबाट जलवायु परिवर्तनले पारेको र पार्नसक्ने असरबारे प्रश्तुति दिनुभएको थियो । श्रेष्ठसँगको कुराकानीका क्रममा स्थानीयवासीले जलवायु परिवर्तनका कारण दिनप्रतिदिन वातावरण बिग्रँदै गएको, हिमाली क्षेत्रमा ‘आइस फल’ चार/पाँच गुणा घटेको अनुभुति सुनाएका छन् । उहाँले सन्देशमा यसरी हिउँ पग्लिएमा हिमाली क्षेत्रका पहाडहरुको अस्तित्व नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले अहिले पनि आधारशिविरमा नै हुनुहुन्छ । —न्युज एजेन्सी नेपाल