९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीराम श्रेष्ठको नियात्रा संग्रह ‘यात्राको तस्बिर’ सार्वजनिक



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सांसद् डा.शशांक कोइरालाले लेखक तथा साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नियात्रा सङ्ग्रह ‘यात्राको तस्बिर’को लोकर्पण गर्नुभयो ।

महाराजगञ्ज स्थित निवासमा एक कार्यक्रमका बीच नियात्रा सङ्ग्रहको विमोचन गर्नुभएको हो । श्रेष्ठले विभिन्न क्षेत्रको भ्रमणका क्रममा देखे भोगेका अनुभव अनुभूतिहरुलाई नियात्राको रुपमा तयार पारिएका १७ शीर्षकका नियात्रा ‘यात्राको तस्बिर’ भित्र प्रस्तुत गरिएको छ ।

‘यात्राको तस्बिर’ श्रेष्ठका २७ औं प्रकाशित कृति हो । यसअघि पहिलो नियात्रा सङ्ग्रह ‘अनुभूति अनेक–२०७०,’ प्रकाशित थियो । उक्त कृति नुवाकोट साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो ।

नुवाकोटको विदुरमा वि.सं २०३१ सालमा जन्मिएका श्रेष्ठको हालसम्म केही नियात्रा सङ्ग्रह, जीवनी सङ्ग्रह, कविता, समीक्षा, अनुसन्धानात्मक पुस्तकका साथै जापानिज साहित्यका हाइकु, तान्का, कटौता, सेदोका, डोडोइट्सु, मन्डो र कोरियन साहित्यका सिजो जस्ता विधाका अधिक पुस्तकहरु प्रकाशित छन् ।