११ श्रावण २०८३, सोमबार
,
Latest
गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रृङ्खलाबद्ध हत्या अभियोगमा दोषी ठहर भएका रोजर्सलाई मृत्युदण्ड



अ+ अ-

अमेरिका। अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ६२ वर्षीय एक व्यक्तिलाई बिहीबार घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइने भएको छ ।

सन् १९९५ को नोभेम्बरमा टिना मेरी क्रिब्सको हत्या गरेको अभियोगमा ग्लेन रोजर्सलाई स्थानीय समयानुसार साँझ ६:०० बजे फ्लोरिडा स्टेट जेलमा मृत्युदण्ड दिइने भएको हो ।

दुई बच्चाकी आमा ३४ वर्षीया क्रिब्सको छुरा प्रहार गरी हत्या गरिएको थियो र उहाँको शव होटलको ‘बाथटब’मा फेला परेको थियो । रोजर्सलाई सोही वर्ष क्यालिफोर्नियामा ३३ वर्षीया सान्ड्रा गालाघरको हत्यामा पनि दोषी ठहर गरिएको थियो र उनी मिसिसिपी र लुइसियानामा कम्तीमा दुई अन्य महिलाको हत्यामा संदिग्ध थिए।

संयुक्त राज्य अमेरिकामा यस वर्ष १५ जनालाई मृत्युदण्ड दिइएको छ जसमध्ये ११ जनालाई घातक सुईद्वारा; दुई जनालाई गोली हानी र अन्य दुई जनालाई नाइट्रोजन ग्याँसको प्रयोग गरी मृत्युदण्ड दिइएको थियो ।

अमेरिकाका ५० राज्यमध्ये २३ राज्यमा मृत्युदण्डको सजाय अन्त्य गरिएको छ भने क्यालिफोर्निया, ओरेगन र पेन्सिलभेनियामा मृत्युदण्डको व्यवस्था कायम छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डको समर्थक हुनुहुन्छ र उहाँले आफ्नो कार्यकालको पहिलो दिन ‘घृणित अपराधका लागि’ यसको प्रयोग विस्तार गर्न आह्वान गर्नुभएको थियो । (रासस/एएफपी)