५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर बढाउने होडबाजीमा रहेका अमेरिका र चीनबीच व्यापार सम्झौता



अ+ अ-

काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । एक–आपसमा कर बढाउने होडबाजीमा रहेका दुई देशबीच दुई दिनको वार्तापछि व्यापार सम्झौता भएको हो । यो सम्झौताले दुवै देशका अधिकारीहरु उत्साहित भएका छन् ।

अमेरिकाका सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले यस सम्झौताबाट महत्वपूर्ण प्रगति भएको बताएका छन् र विस्तृत विवरणपछि सार्वजनिक गरिने बताएका छन् । सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकेका उनको भनाइ छ ।

दुई देशबीच व्यापार युद्धको अवस्थामा रहेको बेला यस सम्झौता उपलब्धिमूलक मानिएको छ र यसले व्यापार सम्बन्ध सुधार गर्ने आशा गरिएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए । ‘यसले हामीबीच त्यति ठूलो मतभेद थिएन जति ठूलो सोच थियो भन्ने देखाउँछ,’ उनले भनेका छन् ।

बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरुबीच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ ।

हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए । जेमिसनले चीनसँग भएको यो सम्झौताले व्यापार घाटा समाधानतर्फ अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरे ।