१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न

राजनीतिक हस्तक्षेपका कारण अख्तियारले भ्रष्टाचारका ठूला मुद्दाहरुमा प्रभावकारी काम गर्न सकेनः सांसदहरु

राजनीतिक हस्तक्षेपका कारण अख्तियारले भ्रष्टाचारका ठूला मुद्दाहरुमा प्रभावकारी काम गर्न सकेनः सांसदहरु
अ अ+ अ-

काठमाडौँ । संविधानतः स्वतन्त्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला मुद्दाहरुमा प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् ।

बुधवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।

ठूला भ्रष्टाचारका मुद्दाहरुमा राजनीतिक हस्तक्षेपको कारणले गर्दा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनीहरुको भनाइ छ । समिति सभापति मायाप्रसाद शर्माले कर्मचारीमाथिको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएपनि ठूला भ्रष्टाचारको मुद्दामा राजनीतिक हस्तक्षेप हुँदा अख्यिातारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनु भयो । उहाँले देश विकासको मुख्य वाधकको रुपमा रहेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तिका कराण जनताले खोजेको प्रतिफल राज्यले दिन नसकेको बताउनु भयो । सभापति शर्माले सबै निकायहरुले स्वतन्त्र र निष्पक्ष काम गरुन् भन्ने जनताले चाहिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘साना र कर्मचारीको विषयमा त राजनीतिक हिसावले हस्तक्षेप छैन होला । तर ठूला भ्रष्टाचारका मुद्दाहरुमा राजनीतिक हस्तक्षेपको कारणले गर्दाखेरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसरी प्रभावकारी ढंगले काम अगाडि बढाउनुपर्ने हो । बढाउन सकिरहेको छैन कि भन्ने आम नागरिक र हामीमा पनि आशंका र मनोविज्ञान छ । अहिले जनता, समाज र देशले खोजेको निष्पक्षता र स्वतन्त्र ढंगले सबै निकायले आफ्नो भुमिका पूरा गरुन् भन्ने खोजिरहेको छ । अहिले देश विकासको वाधकको रुपमा रहेको मुख्य विषय भनेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तिका कराण जनताले खोजेको प्रतिफल राज्यले दिन सकिराखेको छैन । त्यसले असन्तुष्टि पनि बढिराखेको छ ।’

अख्तियारले मन्त्रालय र सरकारी संस्थाहरुलाई दिएको सुझावको अवस्था कस्तो छ रु भन्दै प्रश्न समेत गर्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले बार्गेनिङ गर्न पाइने भएकै कारण मानिसहरुको अख्तियारतर्फ रुचि बढ्दै गएको बताउनु भयो । उहाँले अहिले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म कोही चोखो नभएको भन्दै अख्तियारले प्रभाव छोड्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पहिले पहिले मान्छेहरु भन्सारमा जान खुब रुचाउँथे अहिले अख्तियारपट्टि पनि रुचि बढेको छ कि जस्तो लाग्छ । वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको पदमा बसेका मान्छेहरुलाई को चोखो छ को बिटलो छ रु कृष्णप्रसाद भट्टराई त म भन्न सक्दिन अरुको हकमा कहाँ के छ केही थाहा छैन ।’

नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने उपायको खोजि गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक प्रभाव र दबाबकै कारण आयोगले अपेक्षाकृत काम गर्न नसकेको बताउनु भयो । उहाँले अख्तियारले ऐलानी जग्गाहरुमा सरकार तथा सार्वजनिक भवन बनाउन नदिएपछि करोडौं रुपैयाँको बजेट फ्रिज भइरहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो आयोगलाई निश्चित राजनीतिक प्रभावबाट मुक्त गर्ने उपाय के हो ?अर्को कुरा, यो देशमा जति ऐलानी जग्गाहरु छन् । गतवर्षसम्म ऐलानी जग्गाहरुमा सार्वजनिक भवनहरु बन्ने चलन थियो । पछि अख्तियारले नै ऐलानी जग्गामा भवन नबनाउने भन्ने कुरा गरिदिएपछि अहिले करोडौं बजेट फ्रिज जाने स्थिति बन्यो ।’

नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरीको संख्या बढ्दो रहेको उल्लेख गर्दै यसलाई न्युनिकरण गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय प्रमाणबिहिन उजुरीहरु आइरहेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । कम उजुरी आउनु नै भ्रष्टाचार कम हुनु भएको उल्लेख गर्दै सांसद श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्ने दिशामा जान जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संवैधानिक आयोगहरुमा नियुक्ति सरकारबाटै हुने र प्रक्रिया पनि त्यस्तै हुने हो । तर किन प्रश्नहरु उठिरहेका छन् । किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ , आजको दिनमा यो गभिर विषय हो भन्ने मलाई लाग्छ । अख्तियारमा उजुरीको संख्या बढ्दो छ । उजुरी धेरै आउनु राम्रो हो कि होइन ?उजुरी कम आउनु राम्रो हो कि उजुरी धेरै आउनु राम्रो हो? उजुरी दिन डराएको हो कि मान्छेहरु ?अनावश्यक रुपमा उजुरीहरु धेरै आइरहेका छन् । प्रमाणबिहिन उजरीहरुको छानविन त भएकै होला । तर मलाई लाग्छ धेरै उजुरी नआउनु भनेको कम भ्रष्टाचार हुनु हो । त्यसकारण उजुरी कम आउने वातावरण निर्माणको काम र भ्रष्टाचार कम गर्ने विषयमा जानुपर्छ भन्ने कुरामा आशंका छैन ।’

अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट पर राख्नुपर्नेमा सांसदहरुको जोड छ ।