
काठमाडौँ । संविधानतः स्वतन्त्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला मुद्दाहरुमा प्रभावकारी काम गर्न नसकेको सांसदहरुले बताएका छन् ।
बुधवार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले यस्तो धारणा राखेका हुन् ।
ठूला भ्रष्टाचारका मुद्दाहरुमा राजनीतिक हस्तक्षेपको कारणले गर्दा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनीहरुको भनाइ छ । समिति सभापति मायाप्रसाद शर्माले कर्मचारीमाथिको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभएपनि ठूला भ्रष्टाचारको मुद्दामा राजनीतिक हस्तक्षेप हुँदा अख्यिातारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनु भयो । उहाँले देश विकासको मुख्य वाधकको रुपमा रहेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तिका कराण जनताले खोजेको प्रतिफल राज्यले दिन नसकेको बताउनु भयो । सभापति शर्माले सबै निकायहरुले स्वतन्त्र र निष्पक्ष काम गरुन् भन्ने जनताले चाहिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘साना र कर्मचारीको विषयमा त राजनीतिक हिसावले हस्तक्षेप छैन होला । तर ठूला भ्रष्टाचारका मुद्दाहरुमा राजनीतिक हस्तक्षेपको कारणले गर्दाखेरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसरी प्रभावकारी ढंगले काम अगाडि बढाउनुपर्ने हो । बढाउन सकिरहेको छैन कि भन्ने आम नागरिक र हामीमा पनि आशंका र मनोविज्ञान छ । अहिले जनता, समाज र देशले खोजेको निष्पक्षता र स्वतन्त्र ढंगले सबै निकायले आफ्नो भुमिका पूरा गरुन् भन्ने खोजिरहेको छ । अहिले देश विकासको वाधकको रुपमा रहेको मुख्य विषय भनेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तिका कराण जनताले खोजेको प्रतिफल राज्यले दिन सकिराखेको छैन । त्यसले असन्तुष्टि पनि बढिराखेको छ ।’
अख्तियारले मन्त्रालय र सरकारी संस्थाहरुलाई दिएको सुझावको अवस्था कस्तो छ रु भन्दै प्रश्न समेत गर्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले बार्गेनिङ गर्न पाइने भएकै कारण मानिसहरुको अख्तियारतर्फ रुचि बढ्दै गएको बताउनु भयो । उहाँले अहिले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म कोही चोखो नभएको भन्दै अख्तियारले प्रभाव छोड्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘पहिले पहिले मान्छेहरु भन्सारमा जान खुब रुचाउँथे अहिले अख्तियारपट्टि पनि रुचि बढेको छ कि जस्तो लाग्छ । वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको पदमा बसेका मान्छेहरुलाई को चोखो छ को बिटलो छ रु कृष्णप्रसाद भट्टराई त म भन्न सक्दिन अरुको हकमा कहाँ के छ केही थाहा छैन ।’
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने उपायको खोजि गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक प्रभाव र दबाबकै कारण आयोगले अपेक्षाकृत काम गर्न नसकेको बताउनु भयो । उहाँले अख्तियारले ऐलानी जग्गाहरुमा सरकार तथा सार्वजनिक भवन बनाउन नदिएपछि करोडौं रुपैयाँको बजेट फ्रिज भइरहेको समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो आयोगलाई निश्चित राजनीतिक प्रभावबाट मुक्त गर्ने उपाय के हो ?अर्को कुरा, यो देशमा जति ऐलानी जग्गाहरु छन् । गतवर्षसम्म ऐलानी जग्गाहरुमा सार्वजनिक भवनहरु बन्ने चलन थियो । पछि अख्तियारले नै ऐलानी जग्गामा भवन नबनाउने भन्ने कुरा गरिदिएपछि अहिले करोडौं बजेट फ्रिज जाने स्थिति बन्यो ।’
नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरीको संख्या बढ्दो रहेको उल्लेख गर्दै यसलाई न्युनिकरण गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय प्रमाणबिहिन उजुरीहरु आइरहेको उल्लेख गर्दै यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताउनु भयो । कम उजुरी आउनु नै भ्रष्टाचार कम हुनु भएको उल्लेख गर्दै सांसद श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्ने दिशामा जान जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संवैधानिक आयोगहरुमा नियुक्ति सरकारबाटै हुने र प्रक्रिया पनि त्यस्तै हुने हो । तर किन प्रश्नहरु उठिरहेका छन् । किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ , आजको दिनमा यो गभिर विषय हो भन्ने मलाई लाग्छ । अख्तियारमा उजुरीको संख्या बढ्दो छ । उजुरी धेरै आउनु राम्रो हो कि होइन ?उजुरी कम आउनु राम्रो हो कि उजुरी धेरै आउनु राम्रो हो? उजुरी दिन डराएको हो कि मान्छेहरु ?अनावश्यक रुपमा उजुरीहरु धेरै आइरहेका छन् । प्रमाणबिहिन उजरीहरुको छानविन त भएकै होला । तर मलाई लाग्छ धेरै उजुरी नआउनु भनेको कम भ्रष्टाचार हुनु हो । त्यसकारण उजुरी कम आउने वातावरण निर्माणको काम र भ्रष्टाचार कम गर्ने विषयमा जानुपर्छ भन्ने कुरामा आशंका छैन ।’
अख्तियारलाई राजनीतिक हस्तक्षेपबाट पर राख्नुपर्नेमा सांसदहरुको जोड छ ।