१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधि सभाका पूर्वसदस्य नेपालको निधनमा शोक प्रश्ताव पारित



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाले पूर्वसदस्य प्रदीप नेपालको निधनमा शोक प्रश्ताव पारित गरेको छ ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रश्ताव पारित गरेको हो ।

नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । दिवंगत नेपाल पूर्वमन्त्री समेत हुनुहुन्थ्यो । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । बैठकले उहाँको निधनमा शोक प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो ।

बैठकले दिवंगत नेपालको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट उठेर मौन धारण समेत गरेको छ ।