३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिलावलले भने–सिन्धु नदी हाम्रो हो, कि हाम्रो पानी त्यसमा बग्नेछ या भारतीयको रगत



अ+ अ-

एजेन्सी । पाकिस्तानका पूर्व विदेशमन्त्री बिलावल भुट्टोले भारतविरुद्ध भड्काउने भाषण दिएका छन् ।

शुक्रबार एक जनसभालाई सम्बोधन गर्दै उनले भने–या त हाम्रो पानी सिन्धु नदीमा बग्नेछ या त उनीहरूको रगत बग्नेछ । सिन्धु नदी हाम्रो हो र हाम्रो नै रहनेछ ।’

सिन्धु जलसन्धि एकैचोटि तोड्नु सम्भव नरहेको उनको भनाई छ । बिलावलले भने कि भारतको जनसंख्या धेरै भएकोले, उनीहरूले पानी कसको स्वामित्वमा छ भनेर निर्णय गर्न सक्दैनन् । पाकिस्तानका जनता बहादुर रहेको र आफूहरु बहादुरीका साथ लड्ने उनले चेतावनी दिँदै सीमामा आफ्नो सेना हरेक आक्रमणको जवाफ दिन तयार रहेको प्रस्ट पारे ।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)का अध्यक्ष समेत रहेका भुट्टोले भारतले पहलगाम घटनाको लागि पाकिस्तानलाई दोष दिएको बताए । आफ्ना कमजोरीहरू लुकाउन र आफ्ना जनतालाई मूर्ख बनाउन मोदीले झूटा आरोप लगाएको र एकतर्फी रूपमा सिन्धु जल सन्धि रोकेको उनको आरोप छ ।

बिलावल भुट्टोले पाकिस्तानका चार प्रान्तको एकताको बारेमा कुरा गर्दै यी चार प्रान्त चार दाजुभाइ जस्तै भएको बताए । यी चार राज्यले मिलेर भारतको हरेक मनसायको उचित जवाफ दिने उनले बताए ।

भुट्टोको यो बयान यस्तो समयमा आएको हो जब भारतले पहलगाम आक्रमणपछि सिन्धु जल सन्धि निलम्बन गरेको थियो, जसलाई पाकिस्तानले ‘युद्ध बराबर’ भनेर वर्णन गरेको छ ।