१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी

बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी
अ अ+ अ-

झापा। झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले हाल ११ हजार धारामार्फत करिब एक लाख जनसङ्ख्यालाई २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको जनाएको छ ।

‘स्वच्छ खानेपानी, स्वस्थ र सभ्य नागरिक’ भन्ने मूल नारासहित आज आयोजित एक कार्यक्रममा संस्थाले हालसम्मका उपलब्धि र भावी योजना सार्वजनिक गरेको हो ।

संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाका अनुसार बिर्तामोड नगरपालिकाका १० वटै वडा तथा अर्जुनधारा नगरपालिकाका वडा नं ५, ६ र ११ का केही क्षेत्रमा खानेपानी सेवा विस्तार गरिएको छ । हाल ५७५ किलोमिटर पाइपलाइन, तीन ओभरहेड ट्याङ्की तथा थप दुई आयोजनामार्फत सेवा प्रवाह भइरहेको छ ।

संस्थाले एसियन हाइवे विस्तारका क्रममा क्षति पुगेका पाइप लाइन प्रतिस्थापन, नयाँ डिपबोरिङ, फिल्टर प्लान्ट निर्माण तथा अर्जुनधारा–६ मा २०० केभिए ट्रान्सफर्मर जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

यसै वर्ष बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा थप बोरिङ जडान गर्ने र अन्य सामुदायिक खानेपानी आयोजनालाई क्रमशः एकीकृत गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

संस्थाले अव्यवस्थित प्लटिङ, सडक विस्तार र ढल निर्माणका कारण खानेपानी पाइप लाइनमा क्षति पुग्दै गएको संस्थाले जनाएको छ ।

पूर्वाधार निर्माणका क्रममा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा पाइप लाइन मर्मत र नयाँ धारा जडानमा समेत कठिनाइ भइरहेको जनाएको छ ।

“अव्यवस्थित प्लटिङ, सडक तथा ढल निर्माणका क्रममा समन्वयको अभाव हुँदा खानेपानीका पाइप लाइनमा क्षति पुग्ने गरेको छ । यसले पाइप लाइन मर्मत, नयाँ धारा जडान र नियमित सेवा प्रवाहमा चुनौती थपिएको छ ।

आगामी दिनमा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरेर उपभोक्तालाई सहज, सुरक्षित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ संस्था अघि बढिरहेको छ”, संस्थाका अध्यक्ष मेघराज बाँस्तोलाले बताउनुभयो ।रासस