२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सुदूपश्चिम प्रदेशका २६ पालिकाले उठाएनन् रासायनिक मल, तुरुन्त नलगे डिपोबाटै बिक्री गरिने चेतावनी प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टिकरण परराष्ट्रमन्त्रीले दिने अवस्था आउनु नै दुर्भाग्यपूर्ण छः ज्ञानबहादुर शाही सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशनः संसदमा गलत कुराहरुको तत्काल प्रतिवाद गर्नूस्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।

शनिवार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभयो ।

उहाँले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गर्नुभयो । देश भन्दा ठूलो अरु नहुने भन्दै उहाँले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने बताउनु भयो । देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गर्नुभयो । उहँँले संसदमा गलत कुराहरुको तत्काल, छिटो र छरितो ढंगले प्रतिवाद गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन । जननी जन्मभूमिश्च, स्वर्गादपी गरियसी । स्वर्ग भन्दा पनि ठूलो भनेको देश हो ।

देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्वहरुलाई हामीले तिनको असली चेहरा, तिनको मुकुण्डो उतार्नुपर्छ । हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरुक गर्नुपर्दछ । हाम्रो भुमिका छिटो, छरितो, तत्काल हुनुपर्दछ । तत्काल बेठिक कुराहरुको बिरुद्ध बोल्ने त्यो तरिका अवलम्वन गर्नुपर्छ । बासी कुराहरुको सन्दर्भमा बोलेर त्यति अर्थ हुँदैन ।’

प्रधानमन्त्री ओलीले आज बोलिएका गलत कुराको प्रतिवाद आज नै गर्नुपर्ने बताउनु भयो ।




सम्बन्धित समाचार
भर्खरै