३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रगतिशील प्राध्यापक सङ्गठनमा नयाँ नेतृत्व चयन



अ+ अ-

काठमाडौँ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनबाट डा पद्मप्रसाद खतिवडाको नेतृत्वमा एक सय ५१ सदस्य केन्द्रीय कमिटी निर्विरोध चयन भएको छ ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट, उपाध्यक्षहरूमा नरेन्द्र कोइराला, भरत राई, तेजविक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, डा तिलक भुसाल, नरेन्द्र शिवाकोटी र माया घिमिरे, महासचिवमा सुमन खरेल, उपमहासचिवमा नन्दीकिशोर नेपाल, दिनेश पन्थी र डा देवराज आर्याल, सचिवमा होमबहादुर बस्नेत, किशोर साह, छवि बराल, श्रीकान्त खतिवडा, भुवनेश्वर लामिछाने, विष्णुकुमार खड्का, कृष्णसिंह साउद, कोषाध्यक्षमा कृष्ण ओझा र सहकोषाध्यक्षमा चन्द्रबदना राई चयन हुनुुभएको छ ।

यही वैशाख ८ गते प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभएको थियो ।