२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा



अ+ अ-

काठमाडैँ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युवा पिढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौति र आवश्यकता भएको बताउनु भयो । उहाँले आफूले २६ सय बढी युवाहरूलाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अगाडी बढाएको दाबी गर्नुभयो । उहाँले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशले स्किल म्यानपावर डेभलप गर्नको लागि सीटीइभीटीको कन्सेप्टबाट २६ सय बढीलाई स्किल डेभलपको लागि काम अघि बढेको छ । त्यसले भोलिका दिनमा सीटीइभीटीबाट स्किल म्यानपावर डेभलप गरेर यहीँ काम गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता गरेको छु । अब नेपालमा बसेर धेरै काम गर्न सकिन्छ । धेरै आयआर्जन सकिन्छ । व्यवसाय गर्न सकिन्छ । अहिलेको इन्टरनेटको जमाना छ । युवा पिढीलाई नेपालमै आय आर्जन गर्नको लागि व्यवस्था मिलाउनु चुनौती छ ।”

मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्यहरू निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको धारणा राख्नुभयो ।