३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउन आवश्यकः मुख्यमन्त्री लामा



अ+ अ-

काठमाडैँ । वागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवापुस्तालाई स्वदेशमा आयआर्जनको व्यवस्था मिलाउनु आजको प्रमुख चुनौती भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यान भासभित्र’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले युवा पिढीलाई काम गर्ने वातावरण मिलाएर नेपालमै बसाल्नु ठूलो चुनौति र आवश्यकता भएको बताउनु भयो । उहाँले आफूले २६ सय बढी युवाहरूलाई सीटीइभीटीबाट सीप सिकाइ दक्ष बनाउन काम अगाडी बढाएको दाबी गर्नुभयो । उहाँले नेपालमा बसेर धेरै काम गर्न सकिने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशले स्किल म्यानपावर डेभलप गर्नको लागि सीटीइभीटीको कन्सेप्टबाट २६ सय बढीलाई स्किल डेभलपको लागि काम अघि बढेको छ । त्यसले भोलिका दिनमा सीटीइभीटीबाट स्किल म्यानपावर डेभलप गरेर यहीँ काम गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता गरेको छु । अब नेपालमा बसेर धेरै काम गर्न सकिन्छ । धेरै आयआर्जन सकिन्छ । व्यवसाय गर्न सकिन्छ । अहिलेको इन्टरनेटको जमाना छ । युवा पिढीलाई नेपालमै आय आर्जन गर्नको लागि व्यवस्था मिलाउनु चुनौती छ ।”

मुख्यमन्त्री लामाले प्रदेश सरकार धेरै खर्चिलो भन्दै भाष्यहरू निर्माण भएको बताउँदै प्रदेश सरकारले खर्च नबढाएको दाबी गर्नुभयो । उहाँले प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, सडक, खानेपानी, सडक र पूर्वाधार क्षेत्रमा प्रगति हासिल गरेको धारणा राख्नुभयो ।