५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको भिक्टोरियामा संकटकाल घोषणा



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा लकडाउनको नयाँ नियमसंगै संकटकाल घोषणा गरिएको छ । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आइतबार साँझको ६ बजेदेखि संकटकाल लागू हुने बताएका छन् । नयाँ नियमपछि भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा कफ्र्यु लगाइनेछ । सहरमा जारी गरिएको घरमा नै बस्ने नियममा थप कडाइ गरिनेछ । यसअघि व्यवस्था गरिएअनुसारको घरबाट बाहिर जान पाउनुपर्ने प्रयोजनहरु घटाइएको छ ।

शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राखेको अष्ट्रेलियामा अहिले कोरोना भाइरसका १७ हजारको हाराहारीमा संक्रमित फेला परेका छन् भने करिब दुई सयजनाको मृत्यु भएको छ ।

यद्यपि पछिल्लो केही समययता भिक्टोरियामा निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित बढिरहेका छन् । आइतबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका ६७१ नयाँ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म समग्र संक्रमितको संख्या ११ हजार ५५७ पुगेको छ भने मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।