३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाको भिक्टोरियामा संकटकाल घोषणा



अ+ अ-

काठमाडौं । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा लकडाउनको नयाँ नियमसंगै संकटकाल घोषणा गरिएको छ । भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले आइतबार साँझको ६ बजेदेखि संकटकाल लागू हुने बताएका छन् । नयाँ नियमपछि भिक्टोरियाको राजधानी मेलबर्नमा रातको समयमा कफ्र्यु लगाइनेछ । सहरमा जारी गरिएको घरमा नै बस्ने नियममा थप कडाइ गरिनेछ । यसअघि व्यवस्था गरिएअनुसारको घरबाट बाहिर जान पाउनुपर्ने प्रयोजनहरु घटाइएको छ ।

शुरुवातमा कोरोना भाइरसलाई नियन्त्रणमा राखेको अष्ट्रेलियामा अहिले कोरोना भाइरसका १७ हजारको हाराहारीमा संक्रमित फेला परेका छन् भने करिब दुई सयजनाको मृत्यु भएको छ ।

यद्यपि पछिल्लो केही समययता भिक्टोरियामा निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित बढिरहेका छन् । आइतबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका ६७१ नयाँ संक्रमित फेला परेका छन् । यो राज्यमा अहिलेसम्म समग्र संक्रमितको संख्या ११ हजार ५५७ पुगेको छ भने मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।