२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.26

Wind: 1.03

Humidity: 73

Latest
मुद्रास्फीति तीन दशमलव ७५ प्रतिशत मुलुकमा सुशासन र विकास चाहिएको छ, भ्रष्टाचारसँग सम्झौता हुन सक्दैनः प्रधानमन्त्री तीनकुने घटनाका घाइतेहरुको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्छः गृहमन्त्री गैरकानुनी रूपमा अमेरिकी सीमा पुगेर जीवन जोखिममा नपार्न अमेरिकी दूतावासको आग्रह डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन बौदीकालीमा बल्ल पुग्यो बिजुली बुढानिलकण्ठ नगरपालिका र डोल्पाका दुई पालिकाबीच शैक्षिक साझेदारी चिनियाँ सामानमा १०४ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा सन् २०३६ ओलम्पिक आयोजना गर्ने दक्षिण कोरियाको ‘दृढ इच्छा’ झापामा चट्याङ लागेर एकजनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली पहिलोपटक नेकपा एसको कार्यालयमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगर पुग्नुभएको छ ।

एमालेबाट अलग्गिएको नेकपा एसको कार्यालयमा प्रधानमन्त्री ओली पहिलोपटक पुग्नुभएको हो ।

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री ओली आलोकनगर पुग्नुभएको हो ।

त्यस क्रममा ओलीले नेकपा एसको कार्यालय पनि अवलोकन गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

गत शुक्रबार राजावादी प्रदर्शनकारीले नेकपा एसको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । त्यसबाट कार्यालयमा क्षति पुगेको छ ।