१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बारको आन्दोलन जारी (भिडियो सहित)



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका छन् । 
बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनु भयो ।

अधिवक्ता शर्माले भन्नुभयो, ‘न्यायालयमा देखिएको विकृति, विसंगतिका बिरुद्ध हो । र न्यायलयमा स्वच्छता र पारदर्शिता हुनुपर्छ भन्ने हो । हाम्रो आन्दोलन भविष्यको अनिश्चित कालसम्म छ । जबसम्म चोलेन्द्र समशेरले राजीनामा दिँदैनन्, तबसम्म यो आन्दोलन जारी रहन्छ । न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुन नेपाल बारले आन्दोलन गरेको छ ।’

त्यस्तै अधिवक्ता रामचन्द्र सिम्खडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको शुरुवात गर्न सहयोग गरेको बताउनु भयो । उहाँले न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहीत पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पार्नुभयो ।

अधिवक्ता सिम्खडाले भन्नुभयो, ‘यो आन्दोलन लगभग साढे २ महिना यता निरन्तर चलिरहेको छ । न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहीत पार्नको लागि नेपाल बारले आन्दोलन गरिरहेको हो । नेपाल बारको आन्दोलनले केही उपलब्धी हासिल गरिसकेको छ ।’
अधिवक्ता सिम्खडाले न्यायालय भित्र रहेका न्यायाधीशहरुको सम्पत्तीको छानबिन गर्नुपर्ने माग उठिरहेको बताउनु भयो ।