७ पुष २०८२, सोमबार
,
Latest
कलामय बन्यो कुश्माको शताब्दी घर यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित



photo: rss
अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मको लागि बैठक स्थगित गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने माग राख्दै प्रतिपक्ष दलहरुले सदन अवरोध गर्दै आइरहेका छन् ।

विपक्षीले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि हिजो पनि विपक्षीको विरोधपछि स्थगित भएको सदन आज बिहान ११ बजेका लागि राखिएको थियो ।

तर, विपक्षीले अडान नछाडेपछि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग संवाद गर्दा पनि कुरा नमिलेपछि भोलिसम्मको लागि बैठक स्थगित गरिएको हो ।