३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका



अ+ अ-

एजेन्सी । मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष प्रतिनिधि स्टिभ विटकोफले अमेरिकी राष्ट्रपतिले तेहरानसँग विश्वास कायम गरेर इरानसँगको सशस्त्र द्वन्द्व अन्त्य गर्न खोजेको बताउनुभएको छ ।

एक्समा प्रकाशित अनलाइन समाचार प्रस्तोता टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा विटकोफले ट्रम्पले इरानको सरकारलाई हालै लेखेको पत्रलाई धम्कीको रुपमा नराखिएको बताउनुभएको छ ।

संयुक्त राज्य अमेरिका र इरानबीच लामो समयदेखि दुश्मनी रहेको छ । गाजामा लक्ष्यमा नयाँ इजरायली आक्रमण र यमनको इरान समर्थित हुथी विद्रोहीहरूको मालबाहक पानीजहाजलाई धम्की दिएपछि सम्बन्धमा नयाँ समस्या देखिएको छ ।

गत मार्च ७ मा ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई पत्र लेख्दै इरानी आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न आग्रह गर्नुभएको थियो ।

उहाँले सम्भावित सैन्य कारबाहीको चेतावनी पनि दिनुभएको थियो । खामेनीले शुक्रबार टेलिभिजनमा सम्बोधन गर्दै भन्नुभयो, “अमेरिकीहरूले थाहा पाउनुपर्छ कि इरानविरूद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पु¥याउँदैन ।”

ट्रम्पको पहुँचको बचाउ गर्दै विट्कोफले कार्लसनसँग भन्नुभयो, “ट्रम्पको सेनामा उच्च हात छ र इरानीहरूले कूटनीतिक समाधानका लागि दबाब दिनु स्वाभाविक हुनेछ तर उहाँले त्यसो गरिरहनुभएको छ,” उहाँले पत्रको बारेमा भन्नुभयो ।

“पत्रमा राष्ट्रपति ट्रम्पले ‘म शान्तिको राष्ट्रपति हुँ। म यही चाहन्छु । हामीले सैन्य रूपमा यसो गर्नुपर्ने कुनै कारण छैन। हामीले वार्ता गर्नुपर्छ,’ भन्नुभएको छ,” विटकोफले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रमाणीकरण कार्यक्रम सिर्जना गर्नुपर्छ ताकि कसैले पनि तपाईंको आणविक सामग्रीको हतियारीकरणको बारेमा चिन्ता नगरोस् किनभने यो धेरै राम्रो विकल्प होइन।”

विटकोफले भन्नुभयो, “इरानसँग अमेरिकी वार्ता धेरै मुलुक र धेरै माध्यम वा ‘अप्रत्यक्ष च्यानल’, मार्फत जारी छ ।”

उहाँले भन्नुभयो, “इरानसँग सबै कुरामा सफाइ लिने अवसर खुला छ । यसले उनीहरूलाई विश्व समुदायबाट टाढिएको सम्बन्धलाई जोड्नेछ र एक पटक फेरि एक महान राष्ट्र बन्नाउनेछ । ट्रम्पले इरानीहरूसँग भरोसा बढाउन चाहनुहुन्छ।”