१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसँग पर्याप्त बिजुली नभएको स्पष्ट भयोः अध्यक्ष कार्की हत्याको प्रमाण नभेटिएको भन्दै सीबीआईले बन्द गर्यो सुशान्त सिंह राजपूतको केस सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट बहुमतले पारित लेबनानमा इजरायली हवाई आक्रमणमा छ जनाको मृत्यु, २८ जना घाइते विकासको गतिमा देश अगाडि बढेको छ, देखिएका समस्या समाधान गरिन्छ : प्रधानमन्त्री पाँच दिनदेखि बेपत्ता भारतीय युुवक कालीगण्डकीमा मृत फेला बारामा एघार हजार मेट्रिकटन तेलहन उत्पादन मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन सांसद चन्दको प्रश्नः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन् २०२४ आप्रवासीका लागि घातक वर्ष: संयुक्त राष्ट्रसङ्घ



अ+ अ-

एजेन्सी । गत वर्ष आप्रवासीका लागि सबैभन्दा घातक वर्ष भएको र विश्वभर करिब नौ हजार मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । यो रोकथाम योग्य भएपनि सहन नसकिने पीडा भएको राष्ट्रसङ्घले बताएको छ ।

“सन् २०२४ मा विश्वभर आप्रवासनका क्रममा कम्तीमा आठ हजार ९३८ जनाको मृत्यु भएको छ,” संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले भनेको छ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आईओएम० का उपनिर्देशक उगोची डेनियल्सले भन्नुभयो, “विश्वव्यापी आप्रवासीको मृत्युको बढ्दो सङ्ख्याको त्रासदी असह्य र रोकथाम योग्य दुवै छ।”

डेनियल्सले भन्नुभयो, “क्षति विनाशकारी छ तर हरेक मृतक सङ्ख्याको पछाडि कही न कही मानवीय कमजोरी नै कारक रहेको छ ।”

आईओएमले भनेको छ, ूआप्रवासीको मृत्यु र बेपत्ता हुनेको वास्तविक सख्या धेरै बढी हुन सक्छ, किनकि आधिकारिक स्रोतको अभावका कारण धेरै जना कागजातविहीन ठहर भएका छन्।”

अधिकांश पीडितको पहिचान र अन्य विवरण अज्ञात रहेको बताइएको छ ।

सन् २०२४ मा एसिया, अफ्रिका र युरोपमा क्रमशः दुई हजार ७ ७८, दुई हजार २४२ र २३३ जनाको मृत्यु भएको थियो ।

युरोप पुग्न चाहनेहरूका लागि मुख्य प्रवेशद्वार भूमध्य सागरमा दुई हजार ४५२ जनाको मृत्यु भएको जनाइएको छ ।

अमेरिकाको अन्तिम तथ्याङ्क उपलब्ध नभए पनि अहिलेसम्मको अनौपचारिक तथ्याङ्कअनुसार कम्तीमा एक हजार २३३ जनाको मृत्यु भएको छ ।

यसमा “सन् २०२४ मा क्यारेबियन क्षेत्रमा अत्यधिक ३४१ जनाको ज्यान गएको थियो र कोलम्बिया र पनामाको बीचमा डेरिएन जङ्गल पार गर्ने १७४ जना आप्रवासीहरूको मृत्यु रेकर्ड भएको थियो।

डारिएन जङ्गल कुनै समय संयुक्त राज्य अमेरिका पुग्न चाहने मानिसहरूको लागि मुख्य प्रवासी करिडोर थियो।