१० श्रावण २०८३, आईतवार
,
Latest
खुकुरीसहित आक्रमणको प्रयास गर्ने चार युवक पक्राउ पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित रूसी कब्जामा रहेको शहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली यू–१९ टोलीले दिल्लीको टोलीसँग खेल्ने



file photo: can
अ+ अ-

काठमाडौं । नेपाली यु–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीले भारतीय टोली दिल्ली यु–१९ सँग द्विपक्षीय क्रिकेट सिरिज खेल्ने भएको छ ।

नेपालमा आउँदो अप्रिलमा हुने आईसीसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीस्वरूप सिरिज हुन लागेको हो ।

सिरिज यही चैत १२ देखि १६ गतेसम्म पर्साको वीरगञ्जस्थित नारायणी क्रिकेट रंगशालामा आयोजना हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले जारी गरेको तालिकाअनुसार पहिलो खेल चैत १२ मा हुनेछ भने दोस्रो खेल १४ र तेस्रो खेल १६ गते हुनेछ ।

साथसाथै, नेपाली यु–१९ टोलीले एसिया छनोटअघि नै अफगानिस्तान यु–१९ टोलीसँग पनि तीन खेलको शृंखला खेल्ने तय भइसकेको छ । क्यानले जारी गरेको वार्षिक क्यालेण्डरमा यसबारे उल्लेख गरिएको छ ।