९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै भदौ अन्तिम सातादेखि आन्दोलन गर्ने प्रजातान्त्रिक पार्टी नेपालको घोषणा



अ+ अ-

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली तथा भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गर्दै भदौको अन्तिम सातादेखि सडक आन्दोलनमा उत्रिने तयारी गरेको छ ।

आइतबार राजधानीमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले आन्दोलनको तयारी गर्ने निर्णय गरेको पार्टी अध्यक्ष डा. तारानाथ लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार आन्दोलनबारे औपचारिक निर्णय भने पार्टीको केन्द्रीय समितिको बैठकबाट गरिनेछ ।

बैठकमा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, स्वायत्त शासन प्रणाली र भ्रष्टाचार नियन्त्रणलगायतका विषयमा गम्भीर छलफल भएको अध्यक्ष लुइँटेलले बताउनुभयो । उहाँले वर्षायाम सकिएलगत्तै पार्टी आन्दोलनमा जाने तयारीमा रहेको जानकारी दिनुभयो ।

अध्यक्ष लुइँटेलले प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा तथा प्रधानमन्त्री बालेन्द्र साहले विदेशीको प्रभावमा काम गरिरहेको आरोपसमेत लगाउनुभयो । उहाँले मुलुकमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध भइरहेका कारबाही प्रभावकारी हुन नसकेको दाबी गर्नुभयो ।

उहाँले भ्रष्टाचारीलाई पक्राउ गर्ने, थुन्ने र पुनः छाड्ने प्रवृत्तिले मुलुक अघि बढ्न नसक्ने भन्दै भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रजातान्त्रिक पार्टी नेपालले संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राष्ट्र, सर्वधर्म समभावसहितको धार्मिक स्वतन्त्रता र स्वायत्त शासन प्रणालीलाई मुख्य एजेन्डा बनाएर आन्दोलन गर्ने जनाएको छ । आन्दोलनको औपचारिक निर्णय गर्न छिट्टै केन्द्रीय समितिको बैठक बोलाउने तयारीसमेत भइरहेको अध्यक्ष लुइँटेलले बताउनुभयो ।