१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत भन्सार भवन छिटो सम्पन्न गर्न गृहमन्त्रीद्वारा निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरूङले विगत आठ वर्षदेखि निमार्णाधीन रसुवागढीस्थित एकीकृत भन्सार कार्यालयको निर्माण कार्य छिटो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

निरीक्षणका लागि यहाँ आउनुभएका गृहमन्त्री गुरुङले कामदारको सङ्ख्या बढाएर द्रुत रूपमा निर्माणको काम अगाडि बढाउन आग्रह गर्नुभयो ।

उहाँले ठेक्का लिएर आलटाल गरी बस्ने ठेकेदार कम्पनी र काममा तदारूकता नदेखाउने प्राविधिक वा अनुगमनकर्ता उपर कारबाही हुने बताउनुभयो ।

सुरूआतको आठ वर्ष बित्दा पनि निर्माणमा अत्यन्तै ढिलासुस्ती गरिरहेको अवस्थामा गृहमन्त्री गुरूङको निर्देशनले भवन समयमै बन्नेमा आशावादी रहेका स्थानीय बासिन्दाले बताएका छन् ।

रसुवागढी क्षेत्रको निरिक्षण पश्चात् गृहमन्त्री गुरूङले त्यस भेगमा खटिएका भन्सारका कर्मचारी एवं सुरक्षाकर्मीलाई निर्देशन दिँदै सिमाक्षेत्रको सुरक्षा मजबुद पार्न, सेवा प्रवाह छिटो छरितो तवरले सम्पादन गर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री गुरूङको भ्रमणले यहाँ कार्यरत सुरक्षाकर्मीको मनोवल बढेको इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुवरले बताउनुभयो ।

यसैबीच शनिबार साँझदेखि भोटेकोसीमा हराइरहेका विद्युतिय  ईभीभ्यानका   चालकको खोजीकार्य तिब्र पारिएको छ । राजधानीबाट गोताखोरको टोली आएर खोजीकार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिनुभयो । रासस