२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र बंगलादेश नेपालसँग बिजुली किन्न आतुर छन्, हामीले उत्पादन गर्न सकेका छैनौँः उपेन्द्र यादव



अ+ अ-

काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताउनुभएको छ ।

आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताउनुभएको हो । नेपालले करिव ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न विद्युत उत्पादनमा वृद्धि गरि निर्यातमा ध्यान दिनुपर्ने बताउनु भयो । उहाँकाअनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसंग विद्युतको अपेक्षा गरिरहेको छ । भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत निर्यातको पर्याप्त सम्भावना रहेको उहाँले बताउनु भयो ।

तर नेपालमा विद्युत उत्पादन विस्तारको गति अत्यन्त सुस्त रहेको उहाँको भनाई छ । अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत खरिदमा अनिच्छा देखाएपनि अहिले त्यो परिस्थिति नरहेको बताउनु भयो । उहाँले चीन–भारतबीच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाएमा विद्युत निर्यातमा देखिएका अवरोध हट्न उल्लेख गर्नुभयो । उहाँले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी उपाय नै जलस्रोतको उपयोगमार्फत विद्युत उत्पादन र यसको व्यापार रहेको बताउनु भयो । विद्युत उत्पादनसँगै सिंचाई र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्नसके नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उहाँको दाबी छ ।

उहाँले चुरे संरक्षणमा जोड दिन पनि सरकारसँग आग्रह गर्नुभयो । चुरे क्षेत्रमा भएको दोहन र वन फँडानीले जलस्रोतमा समस्या देखिएको बताउनु भयो । पछिल्लो समयमा जलवायू परिवर्तन र चुरे विनासको कारण हिमालमा हिउँ नहुने तथा तराईमा सुख्खापन हुँदा खानेपानी, सिँचाई, उर्जा लगायतका क्षेत्रमा ठूलो असर परिरहेको उहाँको भनाई छ । उहाँले चुरे संरक्षण गर्नै राज्यले ध्यान नदिएको पनि गुनासो गर्नुभयो ।–न्युज एजेन्सी नेपाल