१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साटिदिने भन्दै ठगी गर्ने चार जना पक्राउ



अ+ अ-

काठमाडौँ। डलर साटिदिने भनी प्रलोभनमा पारेर रकम लुटपाट गर्ने चार जना पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित प्रगति टोलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–३ घर भई हाल गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३० वर्षीय धनबहादुर तामाङ, सोही ठाउँका ४१ वर्षीय लोकबहादुर तामाङ, ३८ वर्षीय राजकुमार लामा र ३७ वर्षीय विजय तामाङ रहेका छन् ।

उनीहरुको साथबाट रु तीन लाख ८४ हजार, अमेरिकी डलर ५० दरको एक थान, सुनको बेरुवा औँठी एक थान, ब्रासलेट एक थान, रिङ एक थान र तिलहरी एक थान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये धनबहादुरविरुद्ध विभिन्न मितिमा ठगीसम्बन्धी कसुरमा छ वटा मुद्दा दर्ता र लोकबहादुरविरुद्ध विभिन्न मितिमा खोटा चलन, अभद्र व्यवहार, ठगी मुद्दा दर्ता भएको र बैङ्किङ कसुर मुद्दामा फरार देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । रासस