२ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित



Firefighters spray water in a burning forest near Lacanau, southwestern France, Saturday, July 25, 2026. (AP Photo/Emma Da Silva)
अ+ अ-

बोर्दो। दक्षिण–पश्चिम फ्रान्समा फैलिएको भीषण डढेलोका कारण आइतबार राति थप ५५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यससँगै उक्त क्षेत्रमा डढेलोका कारण घर छाड्न बाध्य हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । आगो वाइन उत्पादनका लागि प्रसिद्ध सहर बोर्दोनजिक पुग्दै गएको अधिकारीले बताएका छन् ।

बोर्दोस्थित गिरोन्ड क्षेत्रका अधिकारीले सहरको दक्षिण–पश्चिममा रहेका थप पाँच बस्तीका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सर्न आदेश दिएका छन् ।

गिरोन्ड प्रशासनका अनुसार रातभर चलेको तीव्र हावाले डढेलो थप फैलिन सहयोग गरेको छ । साताको मध्यदेखि नियन्त्रणबाहिर रहेको आगोका कारण आइतबार बिहानसम्म करिब ४२ हजार हेक्टर क्षेत्रमा क्षति पुगेको अनुमान गरिएको छ । उक्त क्षेत्रफल म्यानहटन टापुभन्दा करिब सात गुणा र पेरिस सहरभन्दा चार गुणा ठूलो हो ।

यस वर्ष लगातारको तातो हावाको लहरका कारण सुक्खा बनेका पाइनका जङ्गल र झाडी क्षेत्र डढेलोको उच्च जोखिममा परेका छन् ।

दमकलकर्मीले जमिन र आकाशबाट बोर्दोतर्फ बढिरहेको आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । अग्निनियन्त्रण विमानबाट पानी र आगो फैलिन नदिने रसायन छर्किने काम भइरहेको छ । चौबीसै घण्टा खटिएका दमकलकर्मीलाई सहयोग गर्न सेनासमेत परिचालन गरिएको छ ।

बोर्दोका मेयर थोमस काजेनाभले आगो महानगरीय क्षेत्रको ढोकैमा आइपुगेको बताउनुभएको छ । आगो सहरको सबैभन्दा नजिकको बिन्दुबाट करिब १५ किलोमिटरको दूरीसम्म पुगेको उहाँले जानकारी दिनुभएको छ ।

गिरोन्डका अधिकारीले बोर्दो प्रवेश गर्ने र बाहिरिने मुख्य राजमार्गको केही भागसमेत बन्द गर्न आदेश दिएका छन् ।

यसैबीच, छिमेकी स्पेनमा पनि पूर्वी तटीय भ्यालेन्सिया क्षेत्रमा लागेको डढेलोका कारण मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसै साता भ्यालेन्सिया र म्याड्रिडको पश्चिमी क्षेत्रमा फैलिएका अनियन्त्रित डढेलोका कारण करिब एक लाख १६ हजार मानिस घर छाड्न बाध्य भएका छन् ।

फ्रान्सको दक्षिणतर्फ रहेको ल्यान्डेस क्षेत्रमा लागेको अर्को डढेलोका कारण यस साता करिब ३० हजार मानिस विस्थापित भएका छन् । यससँगै दक्षिण–पश्चिम फ्रान्समा डढेलोका कारण घर छाड्न बाध्य हुनेको कुल सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी पुगेको छ । (रासस/एपी)




भर्खरै