१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने

सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले छुट दिने
अ अ+ अ-

काठमाडौँ । कीर्तिमानी सगरमाथा आरोहीलाई यती एयरलाइन्स र ह्याम्स अस्पतालले आफ्नो सेवामा विशेष छुट दिने भएका छन् । उक्त प्रयोजनका लागि सगरमाथा आरोही सङ्घले ती दुई कम्पनीसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।

सगरमाथा आरोहण गरेको ७१ वर्ष पुगेको स्मरण गर्दै विश्वकीर्तिमानी र कीर्तिमानी आरोहीलाई सेवामा विभिन्न छुट दिने सम्झौता भएको छ । सङ्घमा आबद्ध आरोही र आरोहीका परिवारलाई यती एयरलाइन्सबाट उडान गर्दा टिकटको न्यूनतम मूल्यमा थप विशेष छुटको व्यवस्था गरिएको छ । सोसम्बन्धी सम्झौतामा सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र एयरलाइन्सका तर्फबाट प्रमुख व्यापार अधिकृत युवराज विष्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यसैगरी ह्याम्स अस्पतालले प्रदान गर्ने सेवामा सगरमाथा आरोही सङ्घको सिफारिसमा विश्व कीर्तिमानी आरोहीलाई ५० प्रतिशतसम्म छुटको, कीर्तिमानी आरोही र आरोहीका परिवारलाई ३० प्रतिशतसम्म छुट दिइनेछ । त्यसका लागि सङ्घका तर्फबाट अध्यक्ष माया शेर्पा र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनोदकुमार ढुङ्गेलले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा सङ्घका तर्फबाट प्रथम उपाध्यक्ष दिवस पोखेल र महासचिव शिवबहादुर सापकोटाको उपस्थिति रहेको थियो ।

सङ्घका महासचिव शिवबहादुर सापकोटाले सगरमाथा आरोही र आश्रित परिवारलाई एयरलाइन्स र अस्पतालको सेवामा सहुलियतका लागि दुई संस्थाबीच सहकार्य गरिएको बताउनुभयो । उहाँले पर्यटन उद्योगमा महत्त्वपूर्ण योगदान गर्ने पर्वतारोहीले विदेशी मुद्रा भित्र्याउन र साहसिक पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको कदरस्वरुप दुई संस्थाको सेवामा विशेष छुटका लागि सम्झौता भएको जानकारी दिनुभयो । यसले कीर्तिमानी आरोहीहरूको पहिचानलाई अझ जीवन्त र परीणाममुखी बनाउन मद्दत पुग्ने सङ्घको विश्वास छ ।

सङ्घले हिमाली क्षेत्रको सरसफाइ, सगरमाथा रक्षा अभियान चलाउँदै फोहर व्यवस्थापन, सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद् बैठक, कोप—१५ मा जलवायु परिवर्तनले पारेको असरप्रति ध्यानाकर्षण गर्दै कोपनहेगन, डेनमार्कमा आरोहीहरूको मार्चपासलगायत कार्यहरू गरेको विज्ञप्तिमार्फत जनाएको छ ।