१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 20.58

Wind: 1.54

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

०८४ सम्म प्रधानमन्त्री बन्दिनः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि बनेको आरोप लगाउनुभएको छ ।

शुक्रवार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो नजरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नराम्रो काम गर्नका लागि बनेको बताउनु भयो । उहाँले अहिलेको सरकार भ्रष्टाचारीहरुलाई जोगाउने र नराम्रो गर्नेलाई पुरुस्कृत गर्ने काम गरिरहेको बताउनु भयो । उहाँले भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम प्रधानमन्त्री ओलीले गरिरहनुभएको आरोप लगाउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘मेरो नजरमा ओली सरकारको काम नराम्रो छ । उहाँहरुको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ । राम्रो काम गर्नेहरुलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो । त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ । लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी माओवादीले पाउनुपर्ने हो, त्यो छैन । लेखा समितिको सभापतिलाई ठूला ठूला आरोप लागेका छन्, तपाईंहरुलाई थाहा छ, उहाँलाई चोख्याउनको लागि प्रधानमन्त्रीले पूरै तागत लगाउनु भएको छ । उहाँको काम भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने भएको छ ।’

उहाँले २०८४ सम्म आफू प्रधानमन्त्री हुने दौडमा नरहेको जिकिर गर्नुभयो । उहाँले आफू २०८४ सम्म जनताकै साथमा रहने बताउनु भयो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्नेकुरा माओवादीमा लागू नहुने बताउनु भयो । सरकारमा हुँदा भ्रष्टाचारबिरुद्धको आन्दोलन छेडेको बताउनु भयो । आर्थिक विकासको निम्ति गति दिने कुरामा आफूहरुले सरकारमा हुँदा जोड दिएको बताउनु भयो ।

आफू नेतृत्वको सरकार भ्रष्टाचारीहरुले हटाएको बताउनु भयो ।