
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाहरुको विशाल भण्डार भएको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल कथाहरुको विशाल भण्डार भएको बताउनु भयो । उहाँले नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।
कथालाई चलचित्रमार्फत प्रश्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र भएको बताउनु भयो । कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशिल माध्यम भएको बताउनु भयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश कथाहरुको विशाल भण्डार हो । यि कथालाई चलचित्रमार्फत प्रश्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र नै हो । चलचित्र मानव सभ्यताको अद्भुत सिर्जना हो । यसले सारा विश्वलाई जोड्ने शक्ति राख्दछ । कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशिल माध्यम पनि हो ।’
अध्यक्ष दाहालले इतिहासका महत्वपूर्ण परिवर्तनहरु चलचित्रमार्फत अभिलेख गरिएको बताउनु भयो । उहाँले चलचित्र समाजको पथ प्रदर्शक बन्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा चलचित्र क्षेत्रका अपार सम्भावना रहेको जिकिर गर्नुभयो ।