१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल कथाहरुको विशाल भण्डार होः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कथाहरुको विशाल भण्डार भएको बताउनुभएको छ ।बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल कथाहरुको विशाल भण्डार भएको बताउनु भयो । उहाँले नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पु¥याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

कथालाई चलचित्रमार्फत प्रश्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र भएको बताउनु भयो । कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशिल माध्यम भएको बताउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘नेपाली चलचित्र उद्योगले हाम्रो संस्कृति, परम्परा, ऐतिहासिक गौरव तथा सामाजिक यथार्थलाई विश्वसामु पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । भौगोलिक विविधता, विभिन्न जातजाति तथा समुदायको सामाजिक, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देश कथाहरुको विशाल भण्डार हो । यि कथालाई चलचित्रमार्फत प्रश्तुत गरेर विश्वलाई हाम्रो देशको पहिचान दिनसक्ने सबैभन्दा उपयोगी माध्यम चलचित्र नै हो । चलचित्र मानव सभ्यताको अद्भुत सिर्जना हो । यसले सारा विश्वलाई जोड्ने शक्ति राख्दछ । कला, संस्कृति, प्रविधि र विचारको संयोजन रहेको चलचित्र मनोरञ्जनको साधन मात्र नभएर सामाजिक परिवर्तनको गतिशिल माध्यम पनि हो ।’

अध्यक्ष दाहालले इतिहासका महत्वपूर्ण परिवर्तनहरु चलचित्रमार्फत अभिलेख गरिएको बताउनु भयो । उहाँले चलचित्र समाजको पथ प्रदर्शक बन्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा चलचित्र क्षेत्रका अपार सम्भावना रहेको जिकिर गर्नुभयो ।