१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष: समाजमा घुलमिल हुन सहयोग गरेको दृष्टिविहीनहरूको भनाइ

ब्रेलको लिपिको सिर्जना भएको २०० वर्ष: समाजमा घुलमिल हुन सहयोग गरेको दृष्टिविहीनहरूको भनाइ
Amadou Ndiaye holds a Braille tablet in Bamako, Mali, Sunday, Jan. 26, 2025. (AP Photo/Moustapha Diallo)
अ अ+ अ-

एजेन्सी । अमादु नडियायले अब देख्न नसक्ने संसारलाई बुझ्दै एक टुक्रा कागजमा भएका फोकामा सावधानीपूर्वक आफ्ना औँलाहरू चलाउनुभयो ।

स्पर्श लेखन प्रणाली ब्रेलको आविष्कार भएको दुई सय वर्ष बितिसकेको छ । यसले धेरै दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिको जीवनमा साक्षरता र स्वतन्त्रताको मार्ग प्रदान गरेर परिवर्तन ल्याएको छ ।

“ब्रेलले मलाई मेरो जीवन जिउन मद्दत ग¥यो”, बाल्यकालमा दृष्टि गुमाउनुभएका मालीका सामाजिक कार्यकर्ता नडियायले भन्नुभयो, “पहिले मानिसहरूले आफूलाई प्रश्न गर्थेः यहाँ कोही छ जो देख्न सक्दैन, उसले कसरी सफलता हासिल गर्छ रु ऊ समाजमा कसरी एकीकृत हुनेछ रु”

दुई करोडभन्दा बढी जनसङ्ख्या भएको पश्चिम अफ्रिकी देश मालीले दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूलाई एकीकृत गर्न लामो समयदेखि सङ्घर्ष गर्दै आएको छ ।

आँखाको हेरचाह गर्ने परोपकारी संस्था साइटसेभरका अनुसार मालीमा करिब एक लाख ७० हजार मानिस दृष्टिविहीन रहेको अनुमान गरिएको छ ।

सत्चालीस वर्षीय नडियायले मालीको दृष्टिविहीनहरूको संस्थामा भाग लिने सौभाग्य प्राप्त गर्नुभयो । त्यहाँ उहाँले ब्रेलमा लेख्न सिक्नुभयो र आफैँलाई भन्नुभयोः “साँच्चै, अरूले गर्ने सबै कुरा, म पनि गर्न सक्छु ।” उहाँले पछि विश्वविद्यालयमा पढ्नुभयो ।

उहाँका अनुसार ब्रेलले उहाँलाई गिटार बजाएर आफ्नो मुख्य सोख विकास गर्न अनुमति दिएको छ । ब्रेलले स्पर्शको महत्त्वलाई पनि जोड दिन्छ ।

“तारहरूमा प्रत्येक दबाब, गर्दनमा औँलाको प्रत्येक चाल, अर्थले भरिएको एक जीवित नोट बन्छ”, उहाँले भन्नुभयो ।

गिटार मालीको ग्रिओट परम्पराको अभिन्न अङ्ग हो, सङ्गीतमार्फत कथा भन्ने सांस्कृतिक अभ्यास । सङ्गीतकारहरूले कोरा जस्ता परम्परागत तार वाद्ययन्त्रहरूको आवाज अनुकरण गर्न गिटारलाई अनुकूलित गरे ।

अली फारका टौरे जस्ता स्थानीय कलाकारहरूले मालियन मेलोडीलाई ब्लुजका तत्वहरूसँग मिसाएर एक आत्मवादी, सम्मोहक ध्वनि सिर्जना गरेका छन् जसले अन्तर्राष्ट्रिय प्रशंसा प्राप्त गरेको छ ।

प्रतिष्ठित मालियन साङ्गीतिक जोडी अमाडो र मरियमले किशोर हुँदा नडियायकोे वाद्ययन्त्रप्रतिको उत्कटतालाई जागृत गर्नुभएको थियो ।

“एक दिन एक फोटोग्राफी स्टुडियो नजिकै मैले उहाँहरूको सङ्गीत झ्यालबाट गुञ्जिएको सुनेँ, जसले मलाई यो विश्व पत्ता लगाउन प्रेरित गर्‍यो”, उहाँले भन्नुभयो ।

‘मालीको दृष्टिविहीन जोडी’ का रूपमा चिनिने अमाडो बागायोको र मरियम डौम्बियाले सन् १९९० को दशकमा पारम्परिक मालियन सङ्गीत, रक र ब्लुजको संयोजनसँग अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्नुभयो । बागायोकोले १६ वर्षको उमेरमा दृष्टि गुमाउनुभएको थियो भने डौम्बिया पाँच वर्षको उमेरमा दादुराको उपचार नगर्दा दृष्टिविहीन हुनुभयो ।

यो जोडीबीच मालीको दृष्टिविहीनहरूको संस्थामा भेट भएको थियो । त्यहाँ डौम्बियाले ब्रेल अध्ययन गर्दै हुनुहुन्थ्यो र नृत्य तथा सङ्गीतका कक्षाहरू सिकाउँदै हुनुहुन्थ्यो ।

यस्ता ठाउँहरूमा ब्रेलले विद्यार्थीहरूलाई पढ्न र लेख्न सिक्न लामो समय लाग्ने जस्ता शैक्षिक बाधाहरू पार गर्न अनुमति दिएको छ ।

राजधानी बामाकोमा दृष्टिविहीनहरूको संस्थामा पढाउने अली मुस्तफा डिक्कोका अनुसार त्यसपछि उनीहरूले अन्य कसैले जस्तै एकै परीक्षा दिन सक्छन्, जसले उनीहरूलाई रोजगारी खोज्न अनुमति दिन्छ ।

डिक्को पनि दृष्टिविहीन हुनुहुन्छ । विशेष टाइपराइटर प्रयोग गरेर उहाँले आफ्ना विद्यार्थीहरूका लागि ब्रेलमा पाठहरू सिर्जना गर्न सक्नुहुन्छ । तर उहाँका अनुसार उहाँका विद्यार्थीहरू अझै पनि असुविधामा छन् ।

“हामीसँग शिक्षण सामग्रीको सङ्कट छ”, डिकोले भन्नुभयो । उहाँसँग दर्जनौँ विद्यार्थीको सम्पूर्ण कक्षाका लागि ब्रेलमा एउटा पढ्ने पुस्तक छ ।

तर नयाँ प्रविधिको विकाससँगै केही दृष्टिविहीन र आंशिक रूपमा दृष्टिहीन व्यक्तिहरूले शैक्षिक बाधाहरू निरन्तर घट्ने आशा गरेका छन् ।

“त्यहाँ सफ्टवेयर छन्, त्यहाँ बोल्ने टेलिफोनहरू छन्, त्यसैले त्यहाँ धेरै कुराहरू छन् जो मुखर छन्”, सङ्गीत जोडीका बागायोकोले भन्नुभयो, “यसले हामीलाई अगाडि बढ्न अनुमति दिन्छ ।”

तर सेनेगलमा आधारित साइटसेभर्सका समावेशी शिक्षाका कार्यक्रम अधिकृत मौसा म्बेन्गेले यस्ता प्रगतिले अझै पनि दुई शताब्दीअघि ब्रेलले गरेको फड्को नमार्ने बताउनुभयो ।

“यसले ब्रेललाई प्रतिस्थापन गर्न सक्दैन । यसको विपरित मेरा लागि प्रविधिले ब्रेललाई पूरक बनाउँछ”, उहाँले भन्नुभयो ।