२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी–मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइएको भएपनि नदिले धार परिवर्तन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन नसकिएको बताउनु भयो । उहाँले आयोजनाको दिगो सञ्चालनको लागि प्राविधिक एवं आर्थिक विकल्पको खोजि भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुनसरी मोरङ सिंचाई आयोजनाको कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइरहेको छ । विगत केही वर्षदेखि कोशी नदिले धार परिर्वन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन सकिएको छैन । तर आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधेर यथासम्भव पानी इन्टेकमा प्रवेश गराई सिंचाई सुविा पुर्याउँदै आएको छ । स्थायी प्रकृतिको संरचना निर्माण गरि दिगो तवरले वर्षैभरी पानी संचालन कसरि गर्न सकिन्छ भनेर विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको छ । प्राविधिक र आर्थिक रुपले सम्भावित विकल्पहरुको छनोट गरि गृहकार्य अगाडि बढाइनेछ । ’

सुनसरी मोरङ सिंचाई आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पु¥याउदै आएको छ । ५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १ हजार ५ सय किलोमिटर भन्दा बढी छ ।