१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday
Latest
‘स्रोतको सही सदुपयोग गरी मुलुकको आर्थिक विकासमा लाग्नुपर्छ’ पानी टयाङ्करले ठक्कर दिँदा दुईको मृत्यु उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई मेयर बालेनको सुझाव– कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला अमृत साइन्स क्याम्पस स्ववियुमा एमाले निकट अखिल प्यानल विजयी थुनुवालाई मापदण्ड बमोजिम हिरासतमा राखेका छौँः प्रहरी महानिरीक्षक थापा इशान किशनको शतकमा राजस्थान रोयल्सलाई २८७ रनको लक्ष्य अमेरिकाबाट निष्कासित दक्षिण अफ्रिकी राजदूतले भनेः कुनै पछुतो छैन थुनुवा र कैदीबन्दीको मानवअधिकार हनन हुन दिँदैनौँः गृहमन्त्री क्षयरोगका ४० प्रतिशत बिरामीहरु लुकेर बसेको हुनसक्ने अनुमान, क्षयरोग संक्रमित महिलाको तुलनामा पुरुष धेरै प्रत्येक प्रदेशमा एक/एक वटा नमूना हिरासत निर्माण गर्न सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी–मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि अध्ययन हुँदैछः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी मोरङ सिंचाई आयोजनामा स्थायी प्रकृतिको संरचना निर्माणको लागि विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको बताउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोलदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइएको भएपनि नदिले धार परिवर्तन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन नसकिएको बताउनु भयो । उहाँले आयोजनाको दिगो सञ्चालनको लागि प्राविधिक एवं आर्थिक विकल्पको खोजि भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुनसरी मोरङ सिंचाई आयोजनाको कोशी नदिको चतरा नजिक साइड इन्टेक निर्माण गरी सिंचाई सेवा उपलब्ध गराइरहेको छ । विगत केही वर्षदेखि कोशी नदिले धार परिर्वन गरेर दाँयापट्टि पानीको वहाव च्यापेकोले साइड इन्टेकमा आवश्यक पानीको प्रवेश गराउन सकिएको छैन । तर आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधेर यथासम्भव पानी इन्टेकमा प्रवेश गराई सिंचाई सुविा पुर्याउँदै आएको छ । स्थायी प्रकृतिको संरचना निर्माण गरि दिगो तवरले वर्षैभरी पानी संचालन कसरि गर्न सकिन्छ भनेर विभिन्न विकल्पहरुमा अध्ययन भइरहेको छ । प्राविधिक र आर्थिक रुपले सम्भावित विकल्पहरुको छनोट गरि गृहकार्य अगाडि बढाइनेछ । ’

सुनसरी मोरङ सिंचाई आयोजनाले मोरङमा २८ हजार तथा सुनसरी जिल्लामा ४० हजार गरी ६८ हजार हेक्टर जग्गामा सिंचाइ सुविधा पु¥याउदै आएको छ । ५३ किलोमिटर मुल नहर ४ सय किलोमिटर शाखा नहर, प्रशाखा नहर तथा कुलो कुलेसो गरी सो आयोजनाको नहरको लम्बाइ १ हजार ५ सय किलोमिटर भन्दा बढी छ ।