२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडमाथि बार्सिलोनाको पुनरागमन जित



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा ४–२ गोलले हराएको हो । दुई गोलले पछि परेको अवस्थामा बार्सिलोनाले नतिजा उल्टाउँदै रोमाञ्चक जित निकाल्यो ।

खेलको ४५ औं मिनेटमा युलियन अल्भारेजले र ७० औं मिनेटमा अलेक्जान्डर सोर्लोथले गोल गर्दै घरेलु टोलिलाई दुई गोलको अग्रता दिलाएका थिए । तर, ७२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई १–२ को अवस्थामा ल्याए ।

७८ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा बार्सिलोनाले दुई गोल गर्यो । लामिने यामल र फेरान टोरेसले व्यक्तिगत दोस्रो तथा टोलिका लागि चौंथो गोल गर्दै बार्सिलोनालाई ४–२ को जित दिलाए ।

जितसँगै बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको २७ खेलबाट ६० अंक छ । एक खेल बढी खेलेको रियल मड्रिड समान अंकका साथ दोस्रो स्थानमा छ भने समान खेलबाट ५६ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ ।