५ चैत्र २०८१, मंगलवार
March 18, 2025 Tuesday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.16

Wind: 1.03

Humidity: 54

तपाईं के खोज्दै हुनुहुन्छ ?

हिन्दी सिनेमामा डेब्यु गर्दै डेभिड वार्नर



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेभिड वार्नर क्रिकेटपछि अब फिल्म क्षेत्रमा देखिने भएका छन् ।

वार्नरले तेलुगु फिल्म निर्देशक भेन्की कुदुमुलाको आगामी एक्शन ड्रामा ‘रोबिनहुड’बाट डेब्यु गर्दैछन् । वार्नरले सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट सेयर गरेका छन् । जसमा उनले फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताएका छन् ।

निर्देशक भेन्की कुदुमुलाको आगामी तेलुगु एक्शनर रोबिनहुडलाई मिथ्री मूभी मेकर्सद्वारा निर्माण गरिएको हो । प्रोडक्सन हाउसले शनिबार अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरलाई भारतीय सिनेमामा औपचारिक रूपमा स्वागत गरेको छ ।

रोबिनहुड मार्च २८ मा हलमा रिलिज हुनेछ । फिल्मको बारेमा डेभिड वार्नरले भने, ‘यो फिल्मको सुटिङ निकै रमाइलो थियो । म भारतीय सिनेमामा आउँदैछु । फिल्मलाई लिएर निकै उत्साहित छु ।’

चलचित्र रोबिनहुडमा अभिनेता नितिन मुख्य भूमिकामा देखिनेछन् । यसमा नितिनले एक चोरको भूमिका निभाएका छन्, जसले धनी घरबाट चोरेर त्यो पैसा गरिबलाई बाँडिदिन्छ ।