७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रिय महिला आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस News Polar प्रतिनिधि सभाः महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब News Polar सुनचाँदीको मूल्यमा सामान्य वृद्धि News Polar प्रतिकूल मौसममा विद्यालय सञ्चालनबारे स्थानीय अवस्थाअनुसार निर्णय लिन प्याब्सनको आग्रह News Polar भरतपुर अस्पताल : गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन्

देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन्
अ+ अ-

काठमाडाैँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन्।

सरकार र मृतकका परिवारबीच सातबुँदे सहमति भए पनि सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्दै आफन्तले शव बुझ्न नमानेका हुन्। शुक्रबार दिउँसो शव बुझेर पोस्टमार्टमपछि अन्त्येष्टि गर्ने सहमति भएको थियो।

तर, आफूहरूलाई दबाबमा सहमतिपत्रमा हस्ताक्षर गराइएको र सहमति कार्यान्वयनको ठोस सुनिश्चितता नभएको मृतकका आफन्तले बताएका छन्। स्थानीयको विरोधपछि शव बुझ्न विराटनगर पुगेका परिवारका सदस्य तथा आफन्त पुनः देवानगञ्ज फर्किएका छन्।

गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर घाइते भएका जयप्रकाश मेहताको भने बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो।

दुवै जनाको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ। सरकार र मृतक पक्षबीच बिहीबार राति सहमति भए पनि परिवारले शव नबुझेपछि पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि सातबुँदे सहमति तयार भएको थियो। सहमतिपत्रमा गृहमन्त्री गुरुङले हस्ताक्षर गरेका थिए। त्यसपछि उनी स्वयं मृतकका परिवारको घरमा पुगेर सहमतिपत्रमा हस्ताक्षर गराएको बताइएको छ।

यसैबीच, घटनापछि तनावग्रस्त बनेको सुनसरीको अवस्था बुधबारदेखि क्रमशः सामान्य बन्दै गएको छ। यद्यपि, जिल्लामा लगाइएको कफ्र्यु भने अझै हटाइएको छैन।