७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त

मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त
अ+ अ-

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सुनसरी, सिराहालगायत मधेस प्रदेश तथा देशका विभिन्न स्थानहरूमा विगत केही दिनयता मानवीय तथा धनजनको क्षति हुनेगरी भएका घटनाप्रति मुख्यमन्त्री शाहीले आज गहिरो दुःख व्यक्त गर्नुभएको हो ।

कर्णाली र मधेस प्रदेशबीच सामाजिक, आर्थिक तथा सांस्कृतिक दृष्टिले धेरै साझा विशेषता र आत्मीय सम्बन्ध रहेकाले मधेसले भोगिरहेको यस दुःखको घडीमा कर्णाली प्रदेश सरकार तथा कर्णालीवासीहरू पनि उत्तिकै मर्माहत भएको उहाँले बताउनुभएको छ । आज एक अपिल जारी गर्दै उहाँले भन्नुभएको छ, “देवानगन्ज घटनामा ज्यान गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । यस संवेदनशील अवस्थामा कुनै पनि जातजाति, भाषा, धर्म वा सम्प्रदायबीच वैमनस्य फैलाउने गतिविधिबाट टाढा रहँदै शान्ति, सद्भाव, सहिष्णुता, कानुनी शासन र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, सरोकारवाला निकाय तथा आमनागरिकमा हार्दिक अपिल गर्दछु ।”

मधेसमा घटेको दुःखद् घटनाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा राष्ट्रिय एकतामाथि प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकमा अशान्ति र असुरक्षाको वातावरण सृजना हुनु अत्यन्तै चिन्ताजनक विषय बनेको बताउनुभएको मुख्यमन्त्री शाहीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय तथा राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हामी सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।

वर्तमान संवेदनशील परिस्थितिमा सबै पक्षले उच्च संयमता अपनाई कानुनको पूर्णपालना गर्न तथा शान्ति, सद्भाव, भाइचारा र आपसी विश्वासलाई केन्द्रमा राखी अघि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।