२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द हन्ड्रेड’को अक्सनमा सबै पाकिस्तानी खेलाडीहरू अनसोल्ड, ५० मध्ये एक जना पनि बिकेनन्



अ+ अ-

काठमाडौँ । इङ्ल्यान्डको १०० बल क्रिकेट प्रतियोगिता द हन्ड्रेडको लिलामीमा सबै पाकिस्तानी खेलाडी अनसोल्ड भएका छन् ।

प्रतियोगिताको ड्राफ्टका लागि ५० पाकिस्तानी खेलाडीले दर्ता गरेका थिए । यी मध्ये एउटा पनि बिक्री भएनन् । ड्राफ्टमा नसिम शाह, साइम अयुब र शादाब खान लगायत ४५ पुरुष क्रिकेटरलाई समावेश गरिएको थियो ।

नसिम र शादाब १२०००० पाउण्ड, मूल्यका साथ शीर्ष श्रेणीमा थिए भने अयुब ७८५०० पाउण्डको क्याटगोरिमा थिए । महिला क्रिकेटरमा आलिया रियाज, फातिमा साना, युसरा आमिर, इरम जावेद र जावेरिया रउफ जस्ता खेलाडीको नाम थियो । जुन कुनै पनि फ्रेन्चाइजीले किनेका छैनन् ।

द हन्ड्रेडका ८ मध्ये ४ टोलीमा आईपीएलका फ्रेन्चाइजीहरूको सेयर
आईपीएलका फ्रेन्चाइजीहरूले द हन्ड्रेड लिगका ८ टिममध्ये ४ वटामा हिस्सेदारी लिएका छन् । अघिल्लो सिजनसम्म, हन्ड्रेड लिग टोलीहरू इङ्गल्याण्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी)को स्वामित्वमा थिए । तर आगामी सिजन अघि आइपिएलका फ्रेन्चाइजीहरुले कुल ८ टिम मध्ये ४ वटामा आफ्नो हिस्सेदारी लिएका छन् ।

मुम्बई इन्डियन्सले ओभल इन्भिन्सिबल्स टिमको ४९ प्रतिशत सेयर किनेको थियो । लखनउ सुपर जायन्ट्सले म्यानचेस्टर ओरिजिनल्सको ७० प्रतिशत सेयर किनेको छ ।

यसबाहेक सनराइजर्स हैदराबादको स्वामित्वमा रहेको सन ग्रुपले नर्दन सुपरचार्जर्सको पूर्ण स्वामित्व लिएको छ ।

दिल्ली क्यापिटल्स फ्रान्चाइजीले पनि साउदर्न ब्रेभको ४९ प्रतिशत र भारतीय–अमेरिकी उद्यमी सञ्जय गोभिलले वेल्श फायरमा ५० प्रतिशत सेयर लिएका छन् ।

द हन्ड्रेडमा पाकिस्तानी क्रिकेटरले खरिदकर्ता नभेट्नुको सबैभन्दा ठूलो कारण आईपीएल टिमको हिस्सेदारी रहेको मानिन्छ ।

यसबाहेक च्याम्पियन्स ट्रफीमा पाकिस्तानको निराशाजनक प्रदर्शन पनि यसको कारण हो ।

च्याम्पियन्स ट्रफीका शीर्ष १५ विकेट लिने र शीर्ष १५ ब्याट्सम्यानमध्ये एक पनि पाकिस्तानी खेलाडी छैनन् ।