१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी मधेसमा उत्पन्न साम्प्रदायिक तनावको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सांसद खालिदको माग भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाका परिवारले शव बुझ्न मानेनन् रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिका रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै रहेको दाबी गर्नुभयो । उहाँले रास्वपा नेपाली राजनीतिमा दीर्घकालीन चुनौती बन्ने शक्ति नभएको भन्दै त्यसलाई सामना गर्न सकिने बताउनुभयो ।

महासचिव पोखरेलले रास्वपासहितका नयाँ राजनीतिक शक्तिलाई सामना गर्न एमालेले आफूलाई वैचारिक र सांगठनिक रूपमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीबाट टाढिएको नयाँ पुस्ता, आधारभूत वर्ग तथा मध्यम वर्गको विश्वास पुनः जित्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले समाजमा रहेका विभिन्न भाषा, संस्कृति र समुदायलाई पार्टीसँग जोड्न नीतिहरू अद्यावधिक गर्नुपर्ने, कार्यशैलीमा परिवर्तन ल्याउनुपर्ने तथा सांगठनिक संरचनामा सुधार गर्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले अहिले यही दिशामा अघि बढिरहेको पनि स्पष्ट पार्नुभयो ।




भर्खरै