७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित

मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता

मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिँदै गएकोप्रति नेकपा सांसद अर्यालको चिन्ता
अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उर्मिला अर्यालले मुलुकमा धार्मिक सहिष्णुता, सहअस्तित्व र सद्भाव बिग्रिदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो चिन्ता व्यक्त गर्नुभएको हो । उहाँले धार्मिक सहिष्णुता र सहअस्तित्वको मूल्यलाई संस्थागत गर्न सबै राजनीतिक दल र नागरिक समाजका अगुवाले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुनसरीसहित मेधशी जिल्लामा उत्पन्न धार्मिक दंगा नियन्त्रणमा सरकारको सुरक्षा संयन्त्रको कमजोरी भएको समेत बताउनु भयो । उहाँले तनाव सिर्जना हुनेबित्तिकै सरकारले हस्तक्षेप गरेर संवाद गरेको भए यस्तो अवस्था नआउने बताउनु भयो । उहाँले मधेशमा विभिन्न धर्मावलम्बीहरुका धार्मिकस्थल समेत रहेको उल्लेख गर्दै सोहीअनुसार सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मधेशमा उत्पन्न विवादको विषयमा सरकारले शुरुमै हस्तक्षेप गरेको भए मिलाउन सकिन्थ्यो । तर त्यतापट्टि सरकारले ध्यान दिएन । मुलुकमा यस्ता समस्याहरु आइरन्छन् । यस्तो समस्या विगतमा पनि भएको थियो । मधेशको कुल जनसंख्या ६१ लाख १४ हजार ७ सय रहेको छ । महत्वपूर्ण धार्मिक थलोहरुमा जानकी मन्दिर, कन्कालीमाई लगायत रहेका छन् । तर त्यहाँ राम्रो प्रकारको सौहार्दता पनि छ । मुस्लिमले छठ गरेको पनि सौहार्दता छ । पछिल्लो समय भने  धार्मिक सौहार्दता र सहिष्णुता बिग्रदै गएको छ । त्यसकारण सबै राजनीति दलहरु र नागरिक समाजले यस्तो प्रकारको सामाजिक सद्भाव कायम गर्ने हिसाबले जानुपर्छ कि भन्ने मलाई लाग्छ । हामी वर्षमा एकचोटि प्रदेश जाने गर्दछौँ । त्यो बेलामा हामीले यस्ता कुरा पनि सँगै लिएर जानुपर्छ ।’

उहाँले मुलुकमा अगामी दिनमा यस्ता धार्मिक तथा जातीय दंगा हुन नदिने कुरामा सरकार सचेत हुन आवश्यक रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल