१२ श्रावण २०८३, मंगलवार
,
Latest
मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीले अक्षर पटेललाई कप्तान बनायो



अ+ अ-

काठमाडौँ । आईपीएल २०२५ मा दिल्ली क्यापिटल्सको कप्तानी अक्षर पटेलले गर्ने भएका छन् । फ्रान्चाइजीले शुक्रबार यो घोषणा गरेको हो ।

अक्षरसँगै केएल राहुलको नाम पनि कप्तानको दौडमा परेको थियो । दुवैको नाममा विचार गरियो र अन्ततः अक्षर पटेललाई टोलीको जिम्मेवारी दिइएको हो । आईपीएल २०२५ मार्च २२ देखि सुरु हुँदैछ ।

अक्षर पटेल २०१९ देखि दिल्ली क्यापिटल्सको हिस्सा बनेका छन् । उनी दिल्लीका सबैभन्दा अनुभवी खेलाडी हुन् । उनले पछिल्लो ६ सिजनमा टोलीका लागि ८२ खेल खेलेका छन् ।

३० को औसतमा २३५ रन बनाउनुका साथै ७.६५ को इकोनोमीमा ११ विकेट पनि लिएका थिए । ऋषभ पन्तलाई एक खेलमा स्लो ओभरमा प्रतिबन्ध लगाइएपछि अक्षरले कप्तानी सम्हालेका थिए ।
तर, यो खेलमा उनले हार बेहोर्नुपरेको थियो ।

अक्षर पटेललाई दिल्ली क्यापिटल्सले आईपीएल मेगा लिलामी अघि १६.५० करोडमा राखेको थियो। आईपीएलका १५० खेलमा ब्याट्सम्यानका रूपमा उनले १३०.८८ को स्ट्राइक रेट र २१.४७ को औसतमा १६५३ रन बनाएका छन् । यसबाहेक बलरका रूपमा उनले ७.२८ को इकोनोमी र २५.२ को स्ट्राइक रेटमा १२३ विकेट लिएका छन् । यस प्रतियोगितामा अक्षर पटेलको उत्कृष्ट बलिङ फिगर २१ रनमा ४ विकेट रहेको छ ।

केएल राहुललाई आईपीएल २०२४ को मेगा लिलामीमा दिल्ली क्यापिटल्सले १४ करोडमा किनेको थियो । राहुलले आईपीएलमा धेरै टोलीको कप्तानी गरेका छन्, त्यसैले फ्रेन्चाइजले उनलाई कप्तानको जिम्मेवारी सुम्पन सक्ने विश्वास गरिएको थियो । राहुलले आईपीएलमा ४६८३ रन बनाएका छन् ।