७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न



अ+ अ-

जनकपुरधाम । १५ दिवसीय मिथिला मध्यमा परिक्रमा अन्तर्गत अन्तगृह परिक्रमासँगै जनकपुरधाममा धार्मिक यात्रा सम्पन्न भएको छ ।

लाखौं श्रद्धालुहरूको सहभागितामा शुक्रवार बिहान सम्पन्न भएको यो परिक्रमा मिथिलाको महत्वपूर्ण धार्मिक अनुष्ठान मानिन्छ । मिथिला मध्यमा परिक्रमा गर्न नसकेका श्रद्धालुहरू अन्तगृह परिक्रमामा सहभागी भएका थिए । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोलासँगै शुरु भएको मध्यमा परिक्रमा बिहीवार साँझ जनकपुरधाम फर्किएको थियो ।

फागु पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाखौं श्रद्धालुले जनकपुरधामको १५ किलोमिटर वरिपरिको क्षेत्र परिक्रमा गर्दै अन्तगृह परिक्रमा गर्ने परम्परा छ ।

धार्मिक मान्यताअनुसार अन्तगृह परिक्रमा गरे १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्व विधिवत रूपमा शुरु भएको मानिन्छ । धर्मशास्त्रहरूमा वृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख गरिएको पाइन्छ ।

मध्यमा परिक्रमा गर्न नपाएकाहरू अन्तगृह परिक्रमामा सहभागी हुने गर्दछन् । परम्पराअनुसार अन्तगृह परिक्रमा हुने दिन जनकपुरधाम नगर क्षेत्रमा माछा–मासु विक्रीमा प्रशासनले दुई दिनसम्म रोक लगाउने गर्दछ ।

यसै कारण जनकपुरधाम र वरिपरिका क्षेत्रहरूमा होली पर्व शनिवार मात्रै मनाइनेछ । मधेस प्रदेशका अन्य कतिपय जिल्लाहरूमा आज ९शुक्रवार० नै होली मनाइँदैछ ।