१२ श्रावण २०८३, मंगलवार
,
Latest
मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन शाहविरुद्धको रिट हेर्न नभ्याइनेमा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो ।

मेयर शाहले बलिउड चलचित्र ‘आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरूद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।

उच्चले भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्र नरोक्न अन्तरिम आदेश दिएपछि मेयर शाहले अदालत र सरकार भारतको गुलाम भएको भन्दै आलोचना गरेका थिए ।

उक्त टिप्पणीपछि अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाहीको माग गर्दै रिट दायर गरेकी थिइन् ।