७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सहकारी पीडितले न्याय पाउन् भन्छौं, सरकार रविलाई थुन्यौं त भन्छ: सांसद झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बतउानु भयो । उहाँले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं त’ भन्ने सरकारको जवाफ हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारलाई जनतालाई माया गरिदिनुस् भन्छौं उहाँको कार्यकर्ताले रङ्गशालामा मान्छे कुट्छ । हामी सरकारले देशलाई माया गरिदिनुस् भन्छौं उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ । हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उनीहरु रविलाई थुन्यौं त भन्छन् । हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् न भन्छौं उनीहरु बालेनको कर्मचारी खोसे त भन्नुहुहन्छ ।’

उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताउनु भयो ।